ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ८ : ०२   बजे

च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

पाकिस्तानको कराचीमा इङ्गल्यान्डसँग हिजो भएको खेलमा जीतका लागि एक सय ८० रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका रस्सी भान सर्वाधिक ७२ रनमा अविजित रहे । हेनरिक क्लासेनले ६४ रन बनाए ।

इङ्गल्यान्डका जोफ्रा आर्चरले दुई र लियाम लिभिङस्टनले एक विकेट लिए । इङ्गल्यान्ड ७ विकेटले पराजित भयो । त्यसअघि टस जितेर इङ्गल्यान्डले ३८ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ७९ रनमा बनाएको थियो । जो रुटले सर्वाधिक ३७ रन, जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका मार्को जानसेन र वियान मल्डरले समान तीन विकेट लिए । केशव महाराजले दुई विकेट लिए । जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बन्यो । ४ अङ्क रहेको अस्ट्रेलिया समूहको उपविजेता बन्यो । समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ‘ए’ का भारत र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल दुबईमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । समूह ‘ए’ बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । बङ्गलादेश र आयोजक पाकिस्तान यसअघि नै बाहिरीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न

सन्दीप लामिछाने फेरि ओडिआई कप्तान, नेपालले जित्यो एसियन गेम्स टी–२० छनोट

ट्रम्पले गरे इन्फान्टिनोको बचाउ, ‘हटाउने प्रयास भए ठूलो गल्ती हुनेछ’

अनन्त र एरिकको फोर्टिस एफसी एएफसी च्यालेन्ज लिगको समूह चरणमा

युरोपमा नेपाली टी–१० क्रिकेट, विजेतालाई ५ हजार ५५५ युरो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu