ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमानलाई हटाउनुपर्ने कुनै कारण छैन, फेरि ४ वर्षलाई नियुक्त गर्नुपर्छ-राज्यमन्त्री तामाङ


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ७ : १५   बजे

काठमाडौं १८ पागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन्। उनले नेपालमा सबैभन्दा राम्रो काम गरेको कर्मचारीलाई सरकारले हटाउन नहुने बताएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ पटक स्पष्टीकरण सोधिसकेका छन्। २ पटक त कार्यकारी निर्देशकबाटै किन नहटाउने भनी स्पष्टिकरण माग गरेका थिए।

मन्त्रलायले स्पष्टीकरण माग गरेको राज्यमन्त्री तामाङले नै विरोध गर्दै आएका छन्। ‘सरकारले कानुनअनुसार हटायो भने म राज्य मन्त्रीले त के गर्न सक्छु र,’ तमाङले भने,‘तर, नेपाली जनता कुलमानलाई हटाउनु हुँदैन भन्ने पक्षमा छन्। बरु साउनमा कार्यकाल सकिएपछि पुनः नियुक्ती दिनुपर्छ भन्ने मेरो मान्यता हो।’

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिरङले डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउन खोज्दा रोक्न नहुने उनको भनाइ छ।

‘३(४ करोडका गाडी चढेर हिँड्ने, बंगलोमा बस्ने तर आफूले प्रयोग गरेको विद्युत महसुल तिर्दैनौँ भन्ने व्यापारीको लाइन काट्न किन रोक्नेरु,’ उनले प्रश्न गरे,‘सबैले साथ दिए महसुल उठाउने विषयमै म अघि बढ्छु।’

प्रधानमन्त्री र मन्त्रीको चाहाना विपरीत अभिव्यक्ति दिँदा तपाइँलाई अप्ठ्यारो पर्दैन भन्ने नेपालखबरको प्रश्नमा तपाङले भने, ‘म जनजातीको छोरा हुँ। मेरो आफ्नै गाडी छ घर छ। कांग्रेस पार्टीले तामाङ समुदायको प्रतिनिधित्व गर्दै मलाई मन्त्री बनाएको हो। पार्टीले मलाई पदबाट राजीनामा मागे आजै दिन्छु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group