काठमाडौं १८ पागुन । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय ५० रनको लक्ष्य दिएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ५९ रन बनायो ।
भारतका लागि सबैभन्दा धेरै श्रेयस अयरले ७९ रन बनाए । यस्तै अक्षर पटेलले ४२, हार्दिक पाण्डेयले ४५ र केएल राहुलले २३ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले पाँच विकेट लिए । यस्तै काइल जेमिसन, विल ओ रोउर्क, मिचेल सेन्टनर र रचिन रविन्द्रले समान एक विकेट लिए । न्युजिल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यो खेलको बिजेता टोली समूह ‘ए’ को विजेता बन्नेछ । समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता टोली अस्ट्रेलियासँग र उपविजेता टोलीले समूह ‘बी’ को विजेता टोली दक्षिण अफ्रिकासँग खेल्नेछ । समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए । समूह ‘ए’ बाट भारत र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्दा बङ्गलादेश र आयोजक पाकिस्तान यसअघि नै बाहिरीसकेका छन्
प्रतिक्रिया दिनुहोस्