ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाबाट भारत आउन उडेको एयर इन्डियाको विमान आधा बाटो आइसकेपछि फर्कियो


एबीसी न्यूज
२४ फाल्गुन २०८१, शनिबार   ९ : ४२   बजे

काठमाडौं २४ फागुन । तपाईं एउटा देशबाट अर्को देश जान हवाईजहाज चढ्नुभयो। तर ८(१० घण्टा उडिसकेपछि फेरि पहिलेकै ठाउँमा फर्काइयो भने कस्तो लाग्ला ?
यस्तै भएको छ( अमेरिकाको शिकागोबाट भारतको नयाँ दिल्ली आउन एयर इन्डियाको जहाज चढेका यात्रुहरूलाई पनि।

सञ्चारमाध्यमका अनुसार बिहीबार एयर इन्डियाको बोइङ ७७७(३३७ ईआर विमान अमेरिकाको शिकागोस्थित ओआरडी विमानस्थलबाट दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आउन यात्रु लिएर उडेको थियो। तर झन्डै आधा बाटो पुगिसकेपछि विमान शिकागो नै फर्काइयो।

एयरलाइन्सले असुविधाका लागि माफी माग्दै उडानमा प्राविधिक समस्याका कारण फिर्ता हुनुपरेको बताएको छ।

तर समाचार एजेन्सी पीटीआईले एयरलाइन्स स्रोतलाई उद्धृत गर्दै विमानका शौचालय जाम भएका कारण फर्कनुपरेको उल्लेख गरेको छ।

उडान फिर्ता भएपछि टिकट रद्द गर्ने सबै यात्रुलाई पूर्ण रकम फिर्ता दिने एयरलाइन्सले बताएको छ।

पीटीआईको रिपोर्टअनुसार, विमान आधा बाटो उडिसकेपछि शिकागो विमानस्थलमा फर्किएको हो। विमान उडानदेखि अवतरणसम्म झन्डै १० घण्टा आकाशमा रह्यो।

रिपोर्टमा भनिएको छ( यो बोइङ विमानमा ३४० सिट छन्, जुन फर्स्ट क्लास, बिजिनेस क्लास र इकोनोमी क्लासमा विभाजित छन्। विमानमा ३४० यात्रुका लागि १० वटा शौचालय छन्, जसमध्ये २ वटा फर्स्ट क्लासका यात्रुका लागि छन्। स्रोतका अनुसार विमानका ९ वटा शौचालय बाटोमा जाम भए। जसले गर्दा यात्रुका लागि एउटा शौचालय मात्र काममा आयो। यस कारणले गर्दा विमानका पाइलटले उडानलाई शिकागो विमानस्थलमा फर्काउने निर्णय गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu