ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई क्यानडाका आगामी प्रधानमन्त्रीको चेतावनी: व्यापार युद्ध जित्न दिँदैनौँ


एबीसी न्यूज
२६ फाल्गुन २०८१, सोमबार   २ : ०८   बजे

काठमाडौं २६ फागुन । क्यानडाका आगामी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लिबरल पार्टीले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि भारी मतले निर्वाचित गरेपछि पतिक्रिया दिँदै कार्नीले उक्त दाबी गरेका हुन्।

‘हामीले यो लडाइँका लागि आग्रह गरेका थिएनौँ। तर जब अरू कसैले हात हाल्छ, क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुन्छन्’, कार्नीले ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै भने।

‘त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगरून्। हकीमा जस्तै व्यापारमा युद्धमा पनि क्यानडाले जित्नेछ’, आगामी दिनमा ट्रुडोको स्थानमा कार्यभार सम्हाल्ने ५९ वर्षीय कार्नीले भने।

आफ्नो विजय भाषणमा कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको आरोप लगाए।

‘अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्’, उनले भने, ‘यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो।’

ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायविरुद्ध आक्रमण गरेको आरोप लगाउँदै उनले थपे, ‘हामी क्यानडाविरुद्धको आक्रमणमा उहाँलाई सफल हुन दिदैनौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu