ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छाैँ : क्यानडाका भावी प्रधानमन्त्री


एबीसी न्यूज
२६ फाल्गुन २०८१, सोमबार   ६ : ५६   बजे

काठमाडौं २६ फागुन । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा मार्क कार्नीलाई भारी मतले निर्वाचित गरेपछि ५९ वर्षीय कार्नीले यस्तो प्रतिबद्धता जनाउनुभएको बीबीसीले जनाएको छ ।

क्यानडा तथा बेलायतका केन्द्रीय बैंकको पूर्वगभर्नर रहिसकेका कार्नीले आफूहरूले लडाइँका लागि आग्रह नगरेको तर जब अरू कसैले हात हाल्छ भने क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुने ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै भन्नुभयो । त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगर्न र हकीमा जस्तै व्यापार युद्धमा पनि क्यानडाले जित्ने उहाँको भनाइ छ । भर्खरै अमेरिकासँगको खेलमा क्यानडाको विजयलाई उल्लेख गर्दै कार्नीले भन्नुभयो ।

आफ्नो विजय भाषणमा उहाँले ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको उल्लेख गर्नुभयो । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाइदिने बताउँदै आउनुभएको छ ।

ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै कार्नीले क्यानडाविरूद्धको आक्रमणमा ट्रम्पलाई सफल हुन नदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu