ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको प्रस्ताव : आकाश र समुद्रमा युद्धविराम गरौँ, जमिनमा होइन


एबीसी न्यूज
२६ फाल्गुन २०८१, सोमबार   ९ : १९   बजे

काठमाडौं २६ फागुन । मंगलबार साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुँदैछ। जहाँ युक्रेनले अमेरिकासँग खनिज सम्झौताबारे सहमति गर्ने आपेक्षा गरिएको छ।

बदलामा अमेरिकाले युक्रेनलाई के प्रस्ताव गर्छ, स्पष्ट भइसकेको छैन। तर, युक्रेनले भने आकाश र समुद्रमा युद्धविराम हुनुपर्ने सर्त राख्ने सो मुलुकका अधिकारीहरूले बताएका छन्।

तर, जमिनमा भने युद्धविराम नगर्ने युक्रेनको प्रस्ताव छ। ‘युद्धविराम चाहनुहुन्छ तपाईंरु हामी तयार छौँ। तर, जमिनमा होइन। किनकि पुटिनले केही महिना युद्धविराम गरेर आफ्ना घाइतेको उपचार गर्ने छन्, उत्तर कोरियाबाट सैनिक भर्ती गर्ने छन् अनि फेरि युद्ध सुरु गर्ने छन्,’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार सेर्गेइ लेस्चेन्कोले भनेका छन्।

‘ट्रम्पले युद्धविरामको योजना छ भनेर सोधिराखेका छन्। हामी भन्छौँ– छ। हामी आकाशमा युद्धविरामको प्रस्ताव गर्छौं। हामी ड्रोन, क्षेप्यास्त्र र ब्यालिस्टिक क्षेप्यास्त्रको कुरा गर्दैछौँ,’ उनी थप्छन्, ‘हामीले समुद्रमा पनि युद्धविराम प्रस्ताव गर्दैछौँ। हामी आक्रमण नगर्ने वाचा गर्छौं। उसो त यो उल्टो कुरा हो, किनकि काला सागरमा पहल हाम्रो हातमा छ। ऊर्जा क्षेत्रमा पनि आक्रमण नगर्ने हाम्रो सर्त छ।’

रुसले भने युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेको छ। युद्धविरामपछि झन् चर्को युद्ध सुरु हुने रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखरोवाको भनाइ छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu