ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–युक्रेन शान्ति वार्ताअघि मस्कोमा ठूलो ड्रोन आक्रमण : रुस


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ३ : १८   बजे

काठमाडौं २७ फागुन । युक्रेन र अमेरिकाबीचको शान्ति वार्ता शुरू हुनुभन्दा अगाडि युक्रेनले मस्को र वरपरको क्षेत्रमा रातभर ठूलो ड्रोन आक्रमण गरेको रुसले बताएको छ । मस्कोमा भएको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

क्षेत्रीय गभर्नर आन्द्रेई वोरोब्येभले ड्रोन आक्रमणबाट एक आवासीय भवनमा रहेका सात वटा अपार्टमेन्टमा क्षति पुगेको बताउनुभएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरतर्फ गइरहेका ७३ वटा ड्रोनलाई खसालिएको र एउटा भवनको छानामा ड्रोनको भग्नावशेषले क्षति पुगेको उल्लेख गर्नुभयो ।

आक्रमणपछि मस्कोको एउटा जिल्लामा रेल नेटवर्क निलम्बित गरिएको र विमानस्थलहरूमा उडान प्रतिबन्ध लगाइएको बीबीसीको खबरमा उल्लेख छ ।

रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाका प्रतिनिधिबीच साउदी अरेबियामा वार्ता हुने क्रममा यो आक्रमण भएको हो । युक्रेनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बस्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group