ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेख हसिनासहित शाखा सन्तानकै सबै सम्पत्ति जफत गर्न अदालतको आदेश


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   १ : ३२   बजे

काठमाडौं २८ फागुुन । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित उनका शाखा सन्तानकै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अदालतले हसिना र उनका छोरा, छोरी बहिनीसम्मको सम्पत्ति जफत गर्न र बैंक खाता रोक्का गर्ने आदेश दिएको हो।

हसिनाका साथै उनका छोरासहित धेरै आफन्तको सम्पत्ति जफत गर्न आदेश दिइएको छ। पूर्वप्रधानमन्त्री हसिना हाल भारतको शरणमा छिन्।

ढाकाको एक अदालतले हसिनाको धानमण्डीस्थित निवास ‘सुधा सदन’ र अन्य सम्पत्ति जफत गर्न आदेश दिएको छ।

एक अधिकारीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अदालतले उनको परिवारसँग जोडिएका १२४ बैंक खाता जफत गर्न पनि आदेश दिएको छ।

ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले मंगलबार त्यस्तो आदेश जारी गरेका हुन्।

एसीसी अर्थात् भ्रष्टाचार विरोधी आयोगले दायर गरेको निवेदनपछि अदालतले हसिना र उनका आफन्तलाई कारबाही गर्न आदेश दिएको हो।

अदालतले उनका छोरा साजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र छोरीहरू टुलिप सिद्दिकी र रदवान मुजिब सिद्दिकीको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ।

बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्ट ५ मा हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भाग्न बाध्य भएकी थिइन्।

त्यसको ३ दिनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu