ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त


एबीसी न्यूज
२९ फाल्गुन २०८१, बिहिबार   ४ : ११   बजे

काठमाडौं २९ फागुन । पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा रेल अपहरणपछि सुरक्षा बलको अभियान समाप्त भएको जनाएको छ । सशस्त्र लडाकूहरूले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा तीन सय जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ जना लडाकू मारिएको दाबी गरेका छन् । पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही शुरू हुनु अगाडि नै रेलमा रहेका २१ सर्वसाधारण र चार जना सैनिकको ज्यान गएको थियो ।

अस्ति क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बलोच लिबरेशन आर्मी ९बीएलए० का लडाकूहरूले गोली प्रहार गर्दै अपहरण गरेका थिए । सेनाका प्रवक्ताका अनुसार आक्रमण हुँदा रेलमा चार सय ४० जना हाराहारीमा यात्रु रहेका थिए ।

बीएलए पाकिस्तानको विद्रोही सङ्गठन हो । यो समूहले बलुचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री र सांसदको योग्यताबारे सर्वोच्च– प्रधानमन्त्री र संसद्को विशेषाधिकारमा अदालतबाट उपचार हुँदैन

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu