ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँगको युद्धविरामका लागि रुसको विभिन्न सर्त


एबीसी न्यूज
३० फाल्गुन २०८१, शुक्रबार   ७ : ४७   बजे

काठमाडौं १ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि सकारात्मक भएको तर केही सर्तहरु रहेको बताउनुभएको छ ।

अमेरिकासँगको वार्तामा युक्रेनले ३० दिने युद्धविरामको योजनामा सहमत जनाएको सन्दर्भमा रुसको जवाफ आएको हो ।

पुटिनले युद्धविरामको विचारसँग सहमत भएको तर यसबारे केही सर्तहरू राख्दै युद्धविरामको प्रकृतिको बारेमा प्रश्नहरू बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको छ । युद्धविरामले स्थायी शान्ति निम्त्याउनु पर्ने र युद्धको मूल कारणहरू दिगो रुपमा हटाउनु पर्ने पुटिनको भनाइ छ ।

विवादको मुख्य कारण युक्रेनले गएको वर्ष रूसको कुर्स्क क्षेत्रमा सैन्य आक्रमण शुरू गरेको र केही क्षेत्र कब्जा गरेको रुसको आरोप छ । अहिले यो क्षेत्रलाई पूर्णरुपमा रूसले नियन्त्रणमा लिएको र त्यहाँका युक्रेनी सेनाहरू अलपत्र परेका उहाँको दाबी छ ।

उहाँले यसबारे अमेरिकी सहकर्मीहरू र साझेदारहरूसँग वार्ता गर्न आवश्यक रहेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छिटै सम्पर्क गर्ने बताउनुभयो ।

रुसको प्रतिक्रियापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम योजनाप्रति पुटिनको प्रतिक्रियालाई शङ्कास्पद रुपमा व्याख्या गर्दै रुसमाथि थप प्रतिबन्ध लगाउन अमेरिकालाई आह्वान गर्नुभएको छ । उहाँले रुसले युद्धविराम प्रस्ताव सीधै अस्वीकार गर्दैन तर व्यवहारमा अस्वीकृतिको तयारी गरिरहेको बताउनुभएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकाले प्रस्ताव गरेको युक्रेनसँगको ३० दिने युद्धविराम अस्वीकार गर्नुभएको थियो ।

उहाँले अस्थायी युद्धविरामले युक्रेनलाई पुनःसङ्गठित हुने मौका दिने भन्दै अस्वीकार गर्नुभएको हो । उहाँले पनि रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group