ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुक्रबारबाट बलेवामा व्यावसायिक उडान भरिने


admin
६ चैत्र २०७४, मंगलबार   २ : ३७   बजे

बागलुङ, ६ चैत । यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ ।

यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति भएको छ । हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘परीक्षण उडान सफल भएको छ, अब नियमित उडान शुरु हुन्छ’ प्रमुख पौडेलले भन्नुभयो, “धवलागिरिवासीको सपना पूरा भएको छ ।”

प्राधिकरणको प्राविधिक टोलीले धावनमार्गको सतह मिलाउन र विमानस्थल वरपरका थप केही रुख काट्न सुझाव दिएको उहाँको भनाइ छ । परीक्षण उडानमा प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाइँलगायत प्राधिकरण र एयरलाइन्स कम्पनीका पदाधिकारी, इञ्जिनियर र प्राविधिक सवार थिए । पोखराबाट उडेको १० मिनेटपछि विमान बिहान ११.१५ बजे बलेवा विमानस्थलमा अवतरण गरेको थियो ।

प्राविधिक हिसाबले विमानस्थल चलाउन कुनै समस्या नरहेको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताउनुभयो । विगतमा भएको सहमति अनुसार विमान कम्पनीले नियमित उडान शुरु गर्ने उहाँको भनाइ छ । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने सहमतिमा उल्लेख छ ।

यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताउनुभयो ।

बागलुङ–काठमाडौँंको भाडादर निश्चित भइनसकेको तर रु ६ हजारको आसपास हुनसक्ने जनाइएको छ । करिब ३५ मिनेटको उडानपछि यात्रु बलेवाबाट काठमाडौँं पुग्नेछन् ।

विसं २०४८ मा बन्द भएको विमानस्थल पछिल्लो समय गौचरनमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । मर्मत, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ । विमानस्थल चलाउन प्राधिकरणले विभिन्न चरणमा प्राविधिक अध्ययन गरेको थियो । विमानस्थल संरक्षण र मर्मतको लागि अघिल्ला वर्षमा पनि सरकारले बजेट दिँदै आएको थियो ।

बागलुङ नगरपालिकाले यात्रुको सुनिश्चित गर्ने भएपछि विमानस्थल सञ्चालनले गति लिएको हो । विमानस्थल पुग्न बागलुङ सदरमुकामदेखि ८ किमि कच्ची सडक पार गर्नुपर्ने अवस्था छ । उक्त सडकको स्तरोवृद्धि र कालोपत्रेका लागि तत्काल पहल अगाडि बढाइने नगरपालिकाले जनाएको छ । विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक÷पटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu