ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ महिनादेखि अन्तरिक्षमा फसेका २ जनालाई लिन गएको रकेट भोलि बिहान सबेरै पृथ्वीमा आइपुग्ने


एबीसी न्यूज
४ चैत्र २०८१, मंगलबार   ८ : ०६   बजे

काठमाडौं ५ चैत । नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोर भोलि बिहान सबैरै पृथ्वीमा आइपुग्ने भएका छन् ।

सुनिता र बुचलाई बोकेको स्पेसएक्स रकेट स्थानीय समयानुसार ५ बजेर ५ मिनेटमा स्टेशनबाट पृथ्वीका लागि अलग भएको बीबीसीले जनाएको छ । उनीहरूलाई पृथ्वीमा फर्किन १७ घण्टा लाग्ने र नेपाली समयानुसार भोलि बिहान पौने ४ बजेतिर अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गर्ने खबरमा उल्लेख छ ।

यो रकेटमा अमेरिकी निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोभ पनि सामेल छन् । सुनिता र बुच आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा स्पेस स्टेशन गएका थिए । उनीहरू बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा गएका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका थिए ।

यसअघि उनीहरूको फिर्तीका लागि प्रक्षेपण गर्न खोजिएको फाल्कन–९ अन्तिम समयमा स्थगित गरिएको थियो । सुनिता र बुचसहित चार जना फर्किएसँगै उनीहरूको ठाउँमा यसअघि स्पेसएक्ससँगै गएका रुस र जापानका एकरएक तथा अमेरिकाका दुई गरी चार जना नयाँ अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu