ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले जवाफ नदिने, प्रतिपक्षीले प्रधानमन्त्री नबोले सदन चल्नै नदिने


एबीसी न्यूज
१३ चैत्र २०८१, बिहिबार   ४ : ०७   बजे

काठमाडौं १४ चैत । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा जवाफ दिन सरकार तयार भएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारका तर्फबाट कसैले जवाफ दिने, प्रधानमन्त्रीले नदिने बताएका हुन्।

सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूको छलफल चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भेटेर फर्किएका बर्तौलाले नेपालखबरसँग भने, प्रधानमन्त्रीले यस विषयमा जवाफ नदिने तर सरकारको तर्फबाट कसैले जवाफ दिने बताउनु भयो।

उता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रधानमन्त्रीबाहेक कसैले जवाफ दिने कुरामा सहमति नहुने बताउँछन्।

यस विषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ। प्रधानमन्त्रीबाहेक कसैले पनि जवाफ दिने विषयमा सहमति हुँदैन।

सोमबारको मन्त्रिपरिषद्को बैठकले चार महिनामात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि यस विषयले सदनमा प्रवेश पाएको हो।

कुलमानलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ। उनले पदभार ग्रहण गरेर दीर्घकालीन महत्वका निर्णयहरू समेत गर्न थालिसकेका छन्।

कुलमानको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित संघीय संसद्‌का दुवै सदन अवरुद्ध छन्।
राष्ट्रियसभा आज चलेर पनि अवरुद्ध भइसकेको छ। भने प्रतिनिधिसभा सञ्चालन नहुन सकेको छैन। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि डाकिएको थियो।

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग यसै विषयमा छलफल गर्न बैठक राखेका थिए। छलफलमा सहमति नभएपछि संसद् बैठक बस्दै नबसी २ बजेसम्मका लागि स्थगित गरिएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको थियो। तर ३ बजिसक्दासमेत बैठक बस्न सकेको छैन।

घिसिङले पनि आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group