ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, डलर १५२ रुपैयाँ ७९ पैसा


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ५ : २५   बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ। सोमबार डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा थियो।

अमेरिकी डलरको मूल्य यसअघि जेठ ७ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन एक अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।

युरो र पाउन्ड पनि महँगिए

राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा छ। सोमबार युरोको खरिददर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा थियो।

त्यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। सोमबार पाउन्डको खरिददर २०५ रुपैयाँ १३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ९६ पैसा थियो।

अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य

आज अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा रहेको छ। सोमबार यस्तो दर क्रमशः १०७ रुपैयाँ ४६ पैसा र १०७ रुपैयाँ ८९ पैसा थियो।

कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। सोमबार कुवेती दिनारको खरिददर ४९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ०४ पैसा थियो।

त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४०५ रुपैयाँ २२ पैसा कायम भएको छ। सोमबार यसको खरिददर ४०३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८३ पैसा थियो।

बैंकअनुसार विनिमयदर फरक हुनसक्ने

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार तोकिएको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने स्पष्ट पारेको छ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज नेपाल ल्याइँदै

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

सम्बन्धित

वीरगन्जमा १६.५७ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन

सोलुखुम्बुको गञ्जेडाँडा हत्या प्रकरणमा थप दुई जना पक्राउ

ग्यास उद्योगको अनुगमनमा अनियमितता भेटिएपछि मोरङमा कारबाही, कोसी ग्यासलाई २ लाख ९० हजार जरिवाना

भक्तपुरको सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु, पाँच जना पक्राउ

शेयर बजार सुधारका लागि छोटेलाल रौनियारका १५ बुँदे सुझाव, पुँजीगत लाभकर घटाउन माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu