काठमाडौं, ७ चैत । आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी’ हुने भएको छ ।
नेपाल सरकार, घरेलु तथा साना उद्योग विकास समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी प्रर्दशनीबारे जानकारी गराएको हो । स्वदेशी बस्तुको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको समितिका कार्यकारी निर्देशक नविनकुमार झाले जानकारी दिनुभयो ।
प्रर्दशनीमा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम पनि तय गरिएको छ । ५ दिनसम्म चल्ने प्रर्दशनीमा ३ सयभन्दा बढी स्वदेशी उत्पादनका स्टल रहनेछन । प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुहुने प्रर्दशनीमा करिव ५ लाखले अवलोकन गर्ने तथा ८ करोड रुपैया“को कारोबार हुने अपेक्षा पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्