ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने उर्जामन्त्री पुनको घोषणा


admin
८ चैत्र २०७४, बिहिबार   १० : ४०   बजे

काठमाडौं, ८ चैत । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गर्नुभएको छ ।

नेपाल इन्जिनियरिङ एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउ“दैं त्यसलाई प्रतिस्थापन गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

‘उर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने मेरो संकल्प हो,’ मन्त्री पुनले भन्नुभयो, ‘त्यसका लागि हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ ।’ उहाँले १० वर्षमा मुलुकलाई १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताउ“दै त्यसका लागि आयोजना निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने बताउनुभयो ।

दक्ष जनशक्तिको व्यवस्थापन र रोजगारी सिर्जनाका लागी पनि सरकारले छिट्टै नया“ योजना ल्याउने मन्त्री पुनले दाबी गर्नुभयो ।

माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका पुनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको जानकारी दिदैं त्यसका लागि उर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान पु¥याउने बताउनुभयो ।

उहाँले देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै त्यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग गरेर समृद्ध देश बनाउने जानकारी दिनुभयो । ‘देशमा लामो समयदेखि रहेको संक्रमणकालको अन्त भएस“गै हाम्रो समृद्धिको यात्रा सुरु भइसकेको छ, त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउ“बाट योगदान पु¥याउन सके मात्र त्यसले सा“चो अर्थमा राष्ट्र हितमा योगदान पुग्छ’ उहाँको भनाइ थियो ।

उर्जामन्त्री पुनले कृषिमा आधुनिकीकरण गर्ने र उत्पादन वृद्धि गरेर देशलाई छिट्टै दुई अंकको आर्थीक वृद्धिदर हासिल गर्ने सरकारको संकल्प पूरा गर्ने दिशामा आफूहरु अघि बढिरहेको बताउनुभयो । विकास र समृद्धिको सपना पूरा गर्न दक्ष इन्जिनियरहरुको ठूलो भूमिका हुने उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu