ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले ३४ प्रतिशत जवाफी भन्सार लगाउँदा भारतले ट्रम्पसँग बदला नलिने


एबीसी न्यूज
२३ चैत्र २०८१, आइतबार   ८ : ३२   बजे

काठमाडौं २४ चैत । डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसुलका कारण विश्व अर्थतन्त्रमा तनाव चरम सीमामा पुग्दा विश्वभरका नेताहरू त्यसको जवाफ कसरी दिने भनेर तौलिरहेका छन्। अहिलेसम्म चीन, क्यानडाजस्ता सीमित मुलुकले जवाफी महसुल तोकेका छन्।

केही मुलुक र क्षेत्रहरूले भने जवाफी महसुल झन् घातक हुने ठानेका छन्। ताइवान र इन्डोनेसियाले जवाफी महसुल नलगाउने घोषणा गरेका छन्।

भारतले पनि ट्रम्पले लगाएको २६ प्रतिशत भन्सारको बदला लिने योजना नबनाएको सरकारी अधिकारीहरूलाई उधृत गर्दै रोयटर्सले जनाएको छ। दुई देशबीच जारी वार्ताका कारण बदला नलिइने भारतीय अधिकारीहरूको भनाइ छ।

एसियाका चीन, भियतनाम र इन्डोनेसियाभन्दा कम कर लगाइएकोले ट्रम्पसँगको वार्तामा आफूहरू अलि राम्रो स्थितिमा रहेको भारतीय अधिकारीहरूको बुझाइ छ।

चीनले भने यसअघि नै बदलास्वरुप अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार महसुल तोकिसकेको छ। उता बेलायती अर्थमन्त्री ड्यारेन जोन्सले विश्वव्यापीकरण अन्त्य भएको टिप्पणी गरेका छन्।

बीबीसीमा उनलाई सोधिएको थियो, ‘हामीले जानेबुझेको विश्वव्यापीकरण समाप्त भएको होरु’

जोन्सको जवाफ थियो, ‘हो, यो सिद्धियो। गत कयौँ दशकमा हामीले जान्दै आएको विश्वव्यापीकरण समाप्त भयो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu