ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति चुनाव हुने


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   ७ : २०   बजे

काठमाडौं २६ चैत । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले आउँदो जुन ३ मा राष्ट्रपति पदको चुनाव हुने घोषणा गर्नुभएको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले युन सुक येओललाई राष्ट्रपति पदबाट हटाएपछि कार्यवाहक राष्ट्रपति हान–डक सुले आज राष्ट्रपति चुनावको मिति घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति युनले गएको डिसेम्बरका ‘मार्शल ल’ घोषणा गरेपछि उहाँलाई संसद्ले महाभियोग लगाएको थियो । गएको हप्ता अदालतले उहाँको महाभियोगलाई समर्थन गरेपछि ६० दिनभित्र मध्यावधि चुनावका लागि बाटो खुलेको हो ।

कार्यवाहक राष्ट्रपति हान डक–सुले चुनावको मिति घोषणा गर्दै देशले ‘घाउबाट छिटो निको हुन’ र ‘माथि र अगाडि’ जान आवश्यक रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

युनको ‘मार्शल ल’ घोषणाले दक्षिण कोरियालाई राजनीतिक अनिश्चिततामा धकेलेको थियो । कार्यवाहक राष्ट्रपति हानले विगत चार महिनादेखि नागरिकमा भ्रम र चिन्ता पैदा गरेकोमा तथा राष्ट्रपति पद रिक्त भएको यो दुःखद परिस्थितिको सामना गर्नुपरेकोमा क्षमा पनि माग्नु भएको छ ।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहनुभएको छ । संवैधानिक अदालतले उहाँको महाभियोगलाई खारेज गरेपछि उहाँले भर्खरै पुनः काम शुरू गर्नुभएको हो ।

नेतृत्वको अभावमा दक्षिण कोरियाले विमान दुर्घटना र देशको इतिहासमा सबैभन्दा घातक डढेलोलगायत विभिन्न सङ्कत र चुनौतीहरू भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group