ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु


एबीसी न्यूज
२६ चैत्र २०८१, बुधबार   १ : २४   बजे

काठमाडौं २७ चैत । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएअनुसार राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वस्थित लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति ९ बजे आगलागी भएको हो।

बुधबार बिहान ३ बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ।

“नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ”, सरकारी समाचार एजेन्सीले जनाएको छ।

सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

नर्सिङ होमका लागि जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको काउन्टी सरकारले जनाएको छ।

चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाह दृष्टिकोणका कारण घातक आगलागी तुलनात्मक रूपमा सामान्य छन्।

जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए।

त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group