काठमाडौं २९ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गर्दै पछिल्लो समय गर्नुभएको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत भन्सार शुल्क पुगेको छ ।
चीनबाट अमेरिका आउने धेरै उत्पादनमा १४५ प्रतिशतसम्म भन्सार शुल्क ह्वाइट हाउसले पुष्टि गरेको हो ।
अमेरिकाले अरु देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई स्थगित गरे पनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरिरहेको छ ।
ट्रम्पले चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर १२५ प्रतिशत पुर्याउनु भएको छ । यससँगै ट्रम्पले यो वर्ष चिनियाँ उत्पादनमा लगाएको कुल कर १४५ प्रतिशत पुगेको छ ।
करको बदला कर नीतिले दुई देशबीचको तनाव बढाइरहेको छ । कर वृद्धिको चेतावनीसँगसँगै दुई देशबीच पूर्ण स्तरको व्यापार युद्ध हुने सम्भावना देखिएको छ ।
चीनले अमेरिकासँग नझुक्ने र अन्तिमसम्म लड्ने बताएको छ । अमेरिकी निर्णयको जवाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्