ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन् – मुख्यमन्त्री कार्की


एबीसी न्यूज
२९ चैत्र २०८१, शनिबार   ६ : २३   बजे

काठमाडौं ३० चैत । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक भनिएका गणतन्त्रवादी केही दलहरू सत्ताबाट बाहिरिने बित्तिकै राजतन्त्रवादीहरूसँग समेत मिलेर धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन्।

झापाको दमकमा शनिबार आयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै कार्कीले सरकारबाट बाहिरिने बित्तिकै बाहिर सरकार जान्न भन्ने तर भित्र–भित्रै धमिलो पानीमा खेल्ने काम गरेको दाबी गरे।

‘उनीहरू अहिले सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन्’, उनले भने, ‘जतिसुकै शक्तिकेन्द्र धाए पनि यो सरकार अहिले ढल्दैन, २०८४ सालसम्म यही सरकार टिकिराख्छ। यो एमाले र काँग्रेसका बिचमा भएको सहमति हो।’

जन निर्वाचित संविधानसभाको माध्यमाबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली स्थापितभएको भन्दै उनले भने, ‘शान्तिपूर्ण गतिविधिमा कुनै आपत्ति छैन्। राजा ल्याउने नाममा तोडफोड गर्ने, व्यक्ति हत्या गर्ने, अवाञ्छित गतिविधि गर्नेहरू सक्रिय भएका छन्।’

केही शक्ति र व्यक्तिहरू आफ्नो जनधार बढाउने नाममा विकास निर्माण भएको ढिलासुस्तीलाई लिएर अहिले राजाको नारा लगाइरहेको बताए। कुतसित मनसाय बोकेको राजतन्त्र फर्काउने खालका गतिविधि रोक्नकालागि जागरणसभा गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group