ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी उधोगमा ताला: रकम भुक्तानी गर्न किसानको माग


admin
९ चैत्र २०७४, शुक्रबार   ६ : ०३   बजे

सर्लाही, ९ चैत । सर्लाहीको हरिवनमा रहेको इंन्दुशंकर चिनी उद्योगमा उखु किसानहरुले उखुको भुक्तानीको माग गर्दै शुक्रबार ताला लगाएका छ्न।

चैत्र २ गते बाट उखु बिक्री गरेको भुक्तानी को माग गर्दै आन्दोलनमा उत्रेका किसान हरुले आज उधोगको प्रसासनमा ताला लगाएका हुन ।  उखुको भुक्तानीको माग गर्दै चरणवद्ध आन्दोलन थालेका उखु किसानले शुक्रवार उद्योगकको मूल गेटमै ताला लगाएर उद्योगको प्रशासनिक कार्य ठप्प पारेका हुन् ।

उद्योगलाई उखु बुझाएको एक सय दिन नाघी सक्दा पनि उद्योगले किसानलाई उखुको भुक्तानी गरेको छैन । भुक्तानी को लागी पटक पटक ध्यानाकर्षण गराउँदा समेत उखुको भुक्तानी नदिएको भन्दै भुक्तानीको माग गर्दै उखु किसानले चैत्र २ गते उद्योगको मूल गेटमा कालो भण्डा गाडेर विरोध गरेका थिए ।

त्यसपछि चैैत्र ५ गते बाट उद्योगको मूल गेटमै पाल टाँगेर रिले अनसन थालेका उनीहरुले रिले अनसनलाई जारी राख्दै शुक्रवार उद्योगको प्रसासन को मूल गेटमै ताला लगाई प्रशासनीक कार्य ठप्प पारेका किसान नेता एवं नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले बताए।

उद्योगले चैत्र ८ गते पत्र पठाएर उखु किसानलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको बताएको छ । उद्योगले पाकिस्तान लगायत अन्य मुलुकबाट आएको चिनीको कारण आफुहरुले उत्पादन गरेको चिनी विक्री नभएकोले आफुहरुले त्यस्ता चिनीमा भन्सार बढाउन पहल भई रहेको जानकारी गराउँदै किसानलाई आन्दोलनका सवै कार्यक्रम फिर्ता लिन भनेको हो ।

तर भुक्तानको स्पष्ट मिति उल्लेख नभएकोले आफुहरुले आन्दोलनलाई जारी राखेको मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेद बहादुर बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार यस सिजनका लागि उखु क्रसिङ्गको समय सकिन लागि सकेको छ । ‘किसानले उद्योगलाई उखु बुझाएको साँढे ३ महिना भई सक्यो तर अझै पनि किसानले उखुको भुक्तानी पाएका छैनन्, किसानले अब भोक भोकै वस्नु पर्ने अवस्था आई सकेको भनाई छ।

उखुको भुक्तानी त छँदैछ उद्योगकका कारण हरिवन वजार क्षेत्रमा फैलिएको धुलो, धुँवा र दुर्गन्ध समेत उद्योगले नै नियन्त्रण गर्नु पर्ने महिला नेतृ पद्द्मा मोक्तान को भनाई छ।

अन्तरपार्टी महिला सन्जाल हरिवन ले समेत आन्दोलन लाई एक्यबद्दता जनाउदै उनीहरुले चैत्र १० गते बाट उद्योगको मूल गेटबाट जुलुस समेत निकाल्ने तयारी गरेको अर्का महिला नेत्री सचिंता घिमिरे ले बताईन।

साथै उनीहरुले शनिवार नै आमरण अनसन थाल्ने समेत बताएका छन् । यता हरिवन नगरपालिकाका जनप्रतिनिधीहरुले पनि देशकै एउटा ठुलो उद्योगले विभिन्न बाहानामा किसानको उखुको भुक्तानी रोक्न नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

बाढीको क्षतिबीच विद्युत् आपूर्ति नियमित, प्रणाली सन्तुलनमा राख्न सफल भयौँ : ऊर्जामन्त्री श्रेष्ठ

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu