ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमा उत्पादित औषधि प्रयोग गर्नुपर्नेमा जोड


admin
१० चैत्र २०७४, शनिबार   ९ : २१   बजे

काठमाडौँ, ९ चैत । चिकित्सकहरुले स्वदेशमा उत्पादित औषधिलाई प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । 


हाम्रो डक्टर अनलाइन तथा मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज साँझ यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेको बताउनुभयो । “अस्तव्यस्त भएको स्वास्थ्य क्षेत्रलाई सुधार्नु मेरो पहिलो प्राथमिकता हुनेछ,”– उहाँले भन्नुभयो ।

राज्यमन्त्री अर्यालले हरेक क्षेत्रको समृद्धिले मात्र मुलुकको समृद्धि हुने हुँदा स्वास्थ्य क्षेत्रलाई समेत समृद्ध बनाउनुपर्ने बताउनुभयो ।

सांसद अन्जना विसंखीले प्रविधिको प्रयोगसँगै चिकित्सकको भूमिकामा सहजता आएको भन्दै उचित प्रविधिको प्रयोग गरी बिरामीलाई निको पार्न डाक्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा उत्पादित औषधिलाई प्रयोग गरेमात्र मुलुक समृद्ध हुने बताउनुभयो ।

हाम्रो डक्टर अनलाइनका प्रधानसम्पादक उद्धवराज भेटवालले प्रविधिको विकाससँगै हाम्रो डक्टर अनलाइन तथा पत्रिकालाई अगाडि बढाउँदै गएको बताउनुभयो । दुई वर्ष पहिले मल्टिमिडियाको रुपमा समाचार, सूचना तथा सहजीकरण सेवा प्रवाह गर्दै आएको ‘हाम्रो डक्टर’ अनलाइनमा २० हजारभन्दा बढी चिकित्सकको व्यक्तिगत विवरण र ३०० भन्दा बढी अस्पतालको विवरण उपलब्ध गरिएको हाम्रो डक्टर मासिकका प्रकाशक मधुसुदन ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group