ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको हुँकार: हाम्रा सेनाले पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनायो


abc news
८ जेष्ठ २०८२, बिहिबार   ३ : ०९   बजे

काठमाडौ ८ जेठ । जम्मु(कश्मीरको पहलगाममा आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच सुरु भएको सैन्य आक्रमण मे १० मा युद्धविराम भएयता रोकिएको त छ तर एकअर्काविरुद्ध धम्की दिने क्रम जारी छ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक पाकिस्तानविरुद्ध हमलाको बखान गरेका छन्।

बिहीबार राजस्थानको बिकानेर पुगेका मोदीले त्यहाँ आयोजित जनसभालाई सम्बोधन गर्दै भारतीय सेनाले पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनाएको दाबी गरेका हुन्।

मोदीले भने, ‘२२ अप्रिलमा आतंककारीहरूले धर्म सोधीसोधी हाम्रा दिदीबहिनीहरूको सिउँदोको सिन्दूर पुछिदिए। गोली पहलगाममा चलाइएको थियो तर तिनले १४० करोड देशवासीको मुटु छेडे।’

उनले अगाडि भने, ‘हाम्रो सरकारले तीनै सेनालाई स्वतन्त्रता दिएको थियो। र, तीन सेनाले यस्तो चक्रव्यूह सिर्जना गरे कि पाकिस्तान घुँडा टेक्न बाध्य भयो।’

भारतीय प्रधानमन्त्री मोदीले पहलगाममा अप्रिल २२ तारिख गरिएको आक्रमणको जवाफमा २२ मिनेटभित्र आतंककारी लुक्ने नौ ठूला ठाउँ ध्वस्त पारेको दाबी पनि गरे।

उनले भने, ‘सिन्दूर बारुदमा परिणत हुँदा नतिजा के हुन्छ, संसारसँगै देशका दुस्मनले पनि देखे।’

प्रधानमन्त्री मोदीले आफ्ना हतियारमा गर्व गर्नेहरू आज भग्नावशेषको थुप्रोमा परिणत भएको दाबी पनि गरे।

गत अप्रिल २२ मा पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारतले मे ६ को राति र मे ७ को बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो।

भारतले यस कारबाहीलाई ुअपरेशन सिन्दूरु नाम दियो। त्यसपछि पाकिस्तानले पनि भारतका धेरै सीमावर्ती क्षेत्रमा गोलाबारी सुरु गर्दै ड्रोन र मिसाइल आक्रमण गर्‍यो।

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको द्वन्द्वपछि मे १० का दिन भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच युद्धविराम सम्झौताको घोषणा गरे।

यसपछि दुई देशबीच युद्धविराम सहमति भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu