ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा फैलिन थाल्यो कोरोनाभाइरस संक्रमण


abc news
११ जेष्ठ २०८२, आइतबार   १० : ५४   बजे

काठमाडौ ११ जेठ । भारतमा कोरोनाभाइरस कोभिड(१९ संक्रमण फैलिन थालेको रिपोर्टहरूले देखाएको छ।

भारतीय सञ्चारमाध्यमहरूले सरकारी विवरणलाई आधार मानेर भारतमा कोरोनाभाइरस संक्रमण फैलिन थालेको उल्लेख गरेका छन्।

गत महिनामा न्यून र घट्दो क्रममा रहेको कोरोना भाइरस सक्रमण मे महिनायता बढ्न थालेको टाइम्स अफ इन्डियाले जनाएको छ।

मे महिनायता कोरोना संक्रमितको संख्या बढेर देशभरि २५७ जना पुगेको समाचारमा उल्लेख छ। मे महिनाको १२ तारिखयता मात्रै १६४ जना नयाँ संक्रमित थपिएका छन्।

दिल्लीमा अघिल्लो साता दुई जना संक्रमितको मृत्यु समेत भएको टाइम्स अफ इन्डियाले जनाएको छ। यद्यपि ती दुई संक्रमितहरूमा अरू रोग पनि देखिएको थियो।

केरल, तामिलनाडु र महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हुन्। कुल संक्रमितमध्ये ८५ प्रतिशत संख्या यी तीन राज्यका मात्रै छन्।

केरलमा ९५, तामिलनाडुमा ६६ र महाराष्ट्रमा ५६ सक्रिय संक्रमित छन्। त्यसैगरी दिल्लीमा २३ जना, पुडुचेरीमा १० जना, कर्नाटकामा १३ जना, गुजरातमा ७ जना, राजस्थानमा २ जना, हरियाणा, सिक्किम र पश्चिम बंगालमा १र१ जना सक्रिय संक्रमित रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

केरलमा ६६ जना नयाँ संक्रमित भेटिएको पनि बताइएको छ। यद्यपि नयाँ संक्रमितहरू कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको र धेरै खतरनाक नदेखिएको पनि भनिएको छ।

ल्अज
िल्अभिि
कोरोनाको पहिलो लहरयता भारतमा झन्डै साढे ४ करोड मानिसहरू संक्रमित भएका थिए। तीमध्ये ५ लाख ३३ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको तथ्यांक छ।

टाइम्स अफ इन्डियाले सिंगापुर र हङकङमा पनि कोरोनाभाइरस संक्रमणको दर बढ्न थालेको जनाएको छ।

अहिले फैलिएको कोरोना भाइरसको स्वरूप ओमिक्रोन भेरियन्टको नयाँ भाइरस जेएन।१ भेरियन्ट हो। यो भाइरसको संक्रमण केही अघि नेपालमा पनि देखिएको थियो।

पढ्नुस्स् नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जेएन।१ बाट डराउनुपर्छरु

पछिल्लो समय भिडभाड र यात्राको क्रम बढेका कारण पनि भाइरस फैलिएको स्वास्थ्य अधिकारीहरूको आकलन छ।

कोरोनाभाइरस पुनः फैलिन थालेपछि स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group