ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्यो – नेपाल पनि प्रभावित


abc news
१४ जेष्ठ २०८२, बुधबार   ११ : ३०   बजे

काठमाडौ १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्ने निर्णय गरेको छ ।

अमेरिकाले विद्यार्थी भिसाका लागि लिने अन्तर्वार्ता तालिका बन्द गर्न पनि विश्वभरका अमेरिकी दूतावास र कन्सुलर शाखाहरूलाई निर्देशन दिएको अल जजिराको खबरमा उल्लेख छ ।

यहूदी–विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर पछिल्लो निर्णय गरिएको टम्प प्रशासनले जनाएको छ ।

अर्को निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ । पहिले नै निर्धारित अन्तर्वार्ताहरू भने हुनेछन् ।

विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले भिसा प्रक्रियामा ढिलाइबारे टिप्पणी गर्न अस्वीकार गर्दै प्रवेश जाँचलाई भने गम्भीरतापूर्वक लिइने बताउनुभएको छ ।

गएको हप्ता ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो ।

यद्यपि एक सङ्घीय न्यायाधीशले यो निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् । तर ट्रम्प प्रशासनले हार्वर्डसँग बाँकी रहेको सङ्घीय सम्झौता पनि चाँडै तोड्ने तयारी गरिरहेको छ ।

विदेशी विद्यार्थीको भिसा रोक्ने अमेरिकी नीतिले नेपाली विद्यार्थीहरूलाई पनि असर गर्ने देखिएको छ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पनि जाने गरेका छन् ।

विश्वभरबाट १० लाखभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिका जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group