ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुमन्ती संस्थामाथि छानबिन हुने, सम्झौताविपरीत कम घर बनाएको पाइयो


admin
१२ चैत्र २०७४, सोमबार   ६ : १५   बजे

काठमाडौँ, १२ चैत ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लुमन्ती नामक गैरसरकारी संस्थाले सम्झौताविपरीत कम घर बनाएकाले छानविन गरी कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । लुमन्तीले सम्झौताविपरीत कम घर बनाएको, मापदण्ड नपु-याई घर बनाएको र पत्र लेख्दा वेवास्ता गरेकाले कारबाही गर्ने तयारी भएको हो ।

सम्झौतानुरुप काम नभएको गुनासो आएपछि प्राधिकरणले स्थलगत रुपमा अनुगमन समूह पठाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो ।

प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय ललितपुरका सूचना अधिकृत प्रकाश पोखरेलले लुमन्तीले ६४६ घर पुनःनिर्माणको सम्झौता गरेकामा प्राधिकरणको यो तथ्याङ्कसँग संस्थाको अभिलेख नमिल्ने बताउनुभयो । लुमन्तीका कार्यक्रम व्यवस्थापक लुमन्ती जोशीले भने जिल्लामा ७१० घर पुनःनिर्माणको सम्झौता प्राधिकरणसँग गरिएको जिकिर गर्नुभयो ।

हालसम्म ४५० घर पुनःनिर्माण भइसकेको र बाँकी घर बनाउने काम भइरहेको उहाँको भनाइ थियो । आगामी वर्ष मङ्सिरसम्म सबै पुनःनिर्माण हुने संस्थाले जनाएको छ । प्राधिकरणसँग सम्झौता हुँदा रु दुई लाख अनुदान दिने व्यवस्था भएकामा पछि रु एक लाख बढाइएपछि पुनःनिर्माणमा केही ढिलाइ भएको कार्यक्रम व्यवस्थापक जोशीले स्वीकार्नुभयो ।

गैरसरकारी संस्थालाई भूकम्पपीडितका लागि नक्शा बनाइदिने, स्थल पहिचान गर्ने तथा निर्माण योजना आदिको निःशुल्क सेवा दिन आह्वान गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । निजी परामर्शदातृ संस्थाले नक्शा पासका लागि महँगो शुल्क लिने गरेकाले स्थानीय तहलाई नक्शा पास तथा सडकको अधिकार क्षेत्रका लागि सहजीकरण गर्न निर्देशन दिने निर्णय पनि गरिएको पनि प्रवक्ता भुसालले बताउनुभयो ।

भूकम्पअघिदेखि नै एउटै घरमा बसी आएका एकभन्दा बढी परिवारले संयुक्त रुपमा जग्गाधनी पूर्जा बनाई सम्झौता गर्न आएमा संयुक्त आवासको प्रक्रियामा लैजाने निर्णय पनि प्राधिकरणले गरेको छ । त्यस्ता लाभग्राहीलाई बहुस्वामित्वको लाभग्राही मानी एउटै घर बनाउन मिल्ने गरी सम्झौता गरेर अनुदान वितरण गरिनेछ ।

गुठी जग्गामा बसेका भूकम्पपीडितलाई सम्बन्धित गुठीसँग सम्पर्क गरी पुनःनिर्माणका लागि निस्सा माग गरिने भएको छ । गुठी जग्गाको बक्यौता कुतको ब्याजमा छुट गरिदिन र धेरै मात्रामा कुत बाँकी भएमा किस्ताबन्दीमा लिने व्यवस्था गरी सहजीकरण गरिदिन प्राधिकरणले गुठी संस्थानसँग अनुरोध गरेको छ ।

पुनःनिर्माण लाभग्राहीको सूचीबाट प्रबलीकरणको सूचीमा सूचीकृत हुन चाहनेको संख्या बढ्न थालेको छ । बैंकहरूले सरकारबाट प्राप्त अनुदान समयमा भुक्तानी नगरेको, अधिकांश बैंकले सहुलियतको व्याज नदिएको तथा ऋण प्रवाहको प्रक्रियाका बारेमा नागरिक बडापत्र पनि नराखेका कारण लाभग्राही अन्योलमा पर्ने गरेका छन् । यस्ता बैंकलाई सचेत गराउने निर्णय पनि प्राधिकरणले गरेको छ ।

पीडितलाई सहज र सरल तरीकाले तोकिएका बैंकबाट अनुदान र ऋण पाउने प्रबन्ध मिलाइने भएको छ । लाभग्राही सूचीमा परी हालसम्म अनुदान सम्झौता गर्न नआएका र पहिलो किस्ता लिई पुनःनिर्माण शुरु नगरेकालाई एकभन्दा बढी घर हुनसक्ने भएकाले अनुदान फिर्ता गर्न आह्वान गर्ने निर्णय गरिएको छ ।

अनुदान सम्झौता गर्न नआउने र पहिलो किस्ता लिएर पनि पुनःनिर्माण शुरु नगर्नेले रकम फिर्ता नगरेमा सरकारी बाँकीसरह उठाइने प्रवक्ता भुसालले बताउनुभयो । पहिलो किस्ता लिई पुनःनिर्माण शुरु नगर्ने लाभग्राहीको नामावली सम्बन्धित स्थानीय तहलाई वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्न लगाइने निर्णय पनि प्राधिकरणले गरेको छ । घर नबनाएमा नक्कली लाभग्राही ठानी अनुदान फिर्ताको प्रक्रिया अघि बढाइने छ ।

प्राविधिकलाई आवश्यक पर्ने सामग्री यही चैत मसान्तसम्म खरीद गरिसक्ने प्राधिकरणले जनाएको छ । आवश्यक मात्रामा प्राविधिक र तस्वीर खिंच्न आवश्यक सानो कम्प्युटर शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई व्यवस्था गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ ।

स्थलगत रुपमा खटिएका प्राविधिकले काम नगर्ने भएर मर्मतका लागि पठाएका ३०० सानो कम्प्युटर यही चैत २० भित्र फर्काउन पनि प्राधिकरणले शहरी विकास मन्त्रालयको एकाइलाई सूचित गराएको छ । स्थानीय तहका जनप्रतिनिधि भूकम्पपीडितका समस्याप्रति संवेदशील हुन नसकेका विषयमा पनि बैठकमा छलफल भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu