ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्कीमा भएको वार्तामा रूस-युक्रेन युद्ध रोक्नेबारे भएन केही प्रगति


abc news
२० जेष्ठ २०८२, मंगलबार   ६ : १८   बजे

काठमाडौ २० जेठ । रूस र युक्रेनबीच सोमबार टर्कीमा भएको शान्ति वार्तामा युद्ध रोक्नेबारे केही पनि प्रगति हुन सकेन।

युक्रेनले ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरेर रूसका धेरै बमवर्षक विमानहरू ध्वस्त पारेको भोलिपल्ट इस्तानबुलमा भएको वार्ता एक घण्टाभन्दा बढी चलेन। सो वार्तामा रूसले आफ्ना सर्तहरू आधिकारिक रूपमा राख्यो। त्यस अनुसार थप भूभाग छोड्न र आफ्नो सेनाको आकार घटाउन स्वीकार गर्ने हो भने मात्र यो युद्ध रोकिने बताएको भनेर समाचार संस्था रोएटर्सले लेखेको छ।

दुई देशले थप युद्धबन्दीहरू आदानप्रदान गर्न र १२ हजार मृत सैनिकहरूको शव फिर्ता गर्न भने सहमति गरे। युद्धबन्दी आदानप्रदान गर्दा सबभन्दा कान्छा र गम्भीर रूपमा घाइतेहरूलाई केन्द्रित प्राथमिकता दिइनेछ।

रूसले युद्धविराम नभएर आफूले दीर्घकालीन समाधान खोजेको बताउँदै आएको छ।

युक्रेनले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति नचाहेको आरोप लगाइरहेको छ।

सोमबार राखेको सर्त हेर्दा रूस पुटिनलाई ुबेस्ट फ्रेन्डु भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहना अनुसार युद्धविरामका लागि तयार देखिँदैन। दुवै पक्षले सम्झौका लागि इच्छा देखाएनन् भने अमेरिका मध्यस्थता प्रयासबाट पछि हट्ने भनेर ट्रम्पले भन्दै आएका छन्।

रूसी समाचार एजेन्सी इन्टरफ्याक्सले प्रकाशित गरेको सर्तहरूका अनुसार युद्धको समाधानका लागि रूसले सन् २०१४ मा कब्जा गरेको युक्रेनको भूभाग क्राइमिया प्रायद्वीपलाई अन्तर्राष्ट्रिय रूपमा रूसी भूमि भनेर मान्यता दिइनु पर्नेछ। त्यस्तै रूसले आफ्नो भूभाग भनेर दाबी गरेको अन्य चार युक्रेनी क्षेत्रहरूलाई पनि अन्तर्राष्ट्रिय मान्यता खोजेको छ।

रूसले दाबी गरेको चार युक्रेनी क्षेत्रहरूमा हाल पूर्ण रूपमा रूसी सेनाको नियन्त्रणमा छैन। रूसले त्यहाँबाट पनि युक्रेनी सेना फिर्ता हुनुपर्ने माग गरेको छ।

ल्अज
िल्अभिि
युक्रेन तटस्थ देश हुनुपर्ने र नेटोको सदस्यता कहिल्यै लिन नहुने, युक्रेनमा रूसी भाषीहरूको अधिकार संरक्षण हुनुपर्ने, रूसीलाई आधिकारिक भाषा बनाउनुपर्ने र कथित नाजिकरण बन्द गर्नुपर्ने भन्ने मागहरू रूसले पुनस् दोहोर्‍याएको छ।

युक्रेनले भने रूसी भाषीहरूमाथि भेदभाव गरेको अस्वीकार गर्छ। युक्रेन नाजिकरण भएको आरोप सारा विश्वले हास्यास्पद ठान्छ।

अर्कोतर्फ युक्रेनले भने आकाश, जमिन र समुद्रमा पूर्ण र बिनासर्त युद्धविराम हुनुपर्ने सर्त राखेको छ।

उक्त युद्धविरामको अनुगमन अमेरिकाले गर्नेछ। त्यसपछि सबै बन्दीको रिहाइ, रूसमा जबर्जस्ती लगिएका युक्रेनी बालबालिकाको फिर्ती र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनबीच भेटघाट हुनुपर्ने छ।

रूसले फेरि आक्रमण नगरोस् भनी सुनिश्चित गर्न सुरक्षा ग्यारेन्टी पनि युक्रेनले माग गरेको छ।

रूसले आफ्नो नियन्त्रणमा रहेका युक्रेनी भूभागमाथि गर्दै आएको दाबीलाई अन्तर्राष्ट्रिय मान्यता दिनु हुँदैन भन्ने पनि युक्रेनको सर्त राखेको छ।

त्यस्तै, युक्रेनको सैन्य शक्तिमा कुनै सीमा लगाउन नहुने र रूसमाथि अमेरिका लगायत पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्ध विस्तारै हटाइनुपर्ने छ। रूसले सम्झौता तोड्यो भने फेरि प्रतिबन्ध लगाउनुपर्ने युक्रेनको माग छ। उसको सर्तअनुसार अमेरिका लगायत पश्चिमा राष्ट्रले जफत गरेको रूसी सम्पत्ति युक्रेनको पुनर्निर्माणमा खर्च गरिनुपर्ने छ।

ट्रम्पको पहलमा रूस(युक्रेन युद्धविराम निम्ति अमेरिकाले मध्यस्थता गरिरहेको छ। ट्रम्पले सार्वजनिक र निजी रूपमा पनि युद्धविरामका लागि दुवै देशमाथि दबाब दिँदै आएका छन्।

अमेरिकाले राखेको ३० दिनको अस्थायी युद्धविराम प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।

उनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्नुपर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागको पनि स्वामित्व दिनुपर्ने माग गरिरहेका छन्।

ट्रम्पले मे १९ मा पुटिनसँग फोन वार्ता गरेपछि युद्ध रोकिने अपेक्षा धेरैले गरेका थिए। तर दुई घन्टाको फोन वार्तामा पनि ट्रम्पले पुटिनलाई मनाउन सकेनन्। त्यसपछि रूसले तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।

युद्ध रोक्न कदम चाल्नुको साटो पुटिनले उल्टै युक्रेनमाथि आक्रमण तीव्र बनाएका छन्। त्यही भएर ट्रम्पले पछिल्ला दिन पुटिनबारे कडा टिप्पणी गर्न थालेका छन्। पुटिनले वार्ता गरेजस्तो देखाएर आफूलाई खेलाइरहेको भन्दै ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन छलफलसमेत थालेका छन्।

रूस शान्तिका लागि गम्भीर देखिएन भने ट्रम्पले रूसविरूद्ध कडा कदम चाल्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group