ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकमा एलन मस्कको कडा टिप्पणी


abc news
२१ जेष्ठ २०८२, बुधबार   १२ : १३   बजे

काठमाडौ २१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट हस्ताक्षरित कर र खर्चसम्बन्धी विधेयकमा अर्बपति एलन मस्कले कडा टिप्पणी गर्नुभएको छ ।

उहाँले विधेयकको आलोचना गर्दै ‘घृणित’ भनेर वर्णन गर्नुभएको छ । साथै अमेरिकी नागरिकका लागि यसबाट ऋणको बोझ बढ्ने उल्लेख गर्नुभएको छ ।

पछिल्लो टिकाटिप्पणीसँगै ट्रम्प प्रशासन र एलन मस्कबीच दूरी बढ्दै गएको विश्लेषण गरिएको बीबीसीले जनाएको छ । यो कानून हाउस अफ रिप्रेजेन्टेटिभ्स ९अमेरिकी संसद्को तल्लो सदन० बाट पास भएको थियो ।

यसमा कैयौं ट्रिलियन डलरको करमा छुट, रक्षा खर्चमा बढोत्तरी र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिइएको छ ।

अर्बपति मस्कले सामाजिक सञ्जाल एक्समा आलोचनासहित टिप्पणी गर्नुभएको हो । उहाँ ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी ९डीओजीआई० अर्थात् खर्च कटौती विभागमा झन्डै साढे ४ महिना काम गरेपछि अघिल्लो हप्ता बाहिरिनुभएको थियो ।

ट्रम्प प्रशासनबाट अलग भएपछि पहिलो पटक उहाँको सार्वजनिक असहमति आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu