ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीसँग फोनमा १ घण्टा कुरा गरेपछि ट्रम्पले भने: श्रीमतीसहित चीन भ्रमणमा जान्छु


abc news
२३ जेष्ठ २०८२, शुक्रबार   १० : १४   बजे

काठमाडौ २३ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन्।

चीनका राष्ट्रपति सी चिनफिङसँग एक घण्टा फोनमा कुरा गरेपछि ट्रम्पले आफू श्रीमतीसहित चीनको भ्रमणमा जाने जानकारी गराएका हुन्। यद्यपि उनले भ्रमण मिति उल्लेख गरेका छैनन्।

ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसँगको भेटमा ट्रम्पले भने, ‘सी चिनफिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन निम्ता दिएँ। हामी दुवैले यो प्रस्ताव स्वीकार गरेका छौँ।’

ट्रम्पले आफू श्रीमतीसँग चीन भ्रमण गर्ने बताए। साथै सी पनि श्रीमतीसँग अमेरिका भ्रमणमा आउने अपेक्षा गरिएको छ।

तर चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई भ्रमणको निम्तो दिएको कुरा मात्र उल्लेख छ, ट्रम्पले सीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरिएको विषय लेखिएको छैन।

चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा ट्रम्प र सीबीच फोनमा कुराकानी भएको हो।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेअनुसार उनीहरूबीच फोनमा डेढ घण्टासम्म चलेको थियो र यस अवधिमा धेरैजसो कुराकानी व्यापारबारेमा भयो।

ट्रम्पले लेखेका छन्, ‘परिणाम दुवै देशका लागि सकारात्मक थियो।’

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार, वार्ताका क्रममा सी चिनफिङले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध चालेका नकारात्मक कदम फिर्ता लिन आग्रह गरेका थिए।

साथै सीले चीन सधैँ आफ्ना वाचा पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै दुवै पक्षले जेनेभामा हालै भएको सम्झौताको पालना गर्नुपर्ने बताएका थिए।

वास्तवमा दुवै देशले एकअर्काविरुद्ध उक्त सम्झौता उल्लंघन गरेको आरोप लगाइरहेका छन्। जुन सम्झौतामा दुई देशबीचले एकअर्काविरुद्ध लगाएका भन्सार शुल्क घटाउने कुरा छ।

यस वर्ष फेब्रुअरीमा ट्रम्पले धेरै देशका सामानमा कर लगाएका थिए, तर तीमध्ये सबैभन्दा बढी कर चीनलाई लगाएका छन्।

प्रतिक्रियामा चीनले पनि अमेरिकी सामानमा भारी कर लगायो। जसले गर्दा दुई देशबीच व्यापार युद्ध नै चर्कियो।

यसपछि मे महिनामा दुवै देशले व्यापार सम्झौताका विषयमा जेनेभामा बैठक गरेका थिए।

जसमा भएको व्यापार सम्झौताअन्तर्गत अमेरिकाले चीनबाट आयात गरिएका सामानमा लाग्ने कर १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशत तथा चीनले अमेरिकी सामानमा लगाएको कर १२५ प्रतिशतबाट घटाएर १० प्रतिशत झारेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group