ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्कले महाभियोग लगाउनपर्छ भनेपछि ट्रम्पको टिप्पणी- ‘पागल भइसके’


abc news
२३ जेष्ठ २०८२, शुक्रबार   २ : ३२   बजे

काठमाडौ २३ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र एक समय उनका नजिकका मानिस टेस्ला प्रमुख इलोन मस्कबीच यतिबेला चर्काचर्की परिरहेको छ।

सरकारी दक्षता विभाग डज० छाडेपछि एकअर्काको आलोचनामा उत्रिएका दुई जनाबीच बिहीबार राति सामाजिक सञ्जालमा चर्को भनाभन भएको छ।

यस क्रममा मस्कले ट्रम्पलाई महाभियोग लगाउनसमेत माग गरेका छन्। अनि उपराष्ट्रपति जेडी भान्सलाई राष्ट्रपति बनाउनुपर्ने टिप्पणी गरेका छन्।

यसैगरी मस्कले ट्रम्पको नाम जेफ्री एपस्टाइनसँग पनि जोडेका छन्। एपस्टाइन तिनै व्यक्ति हुन्, जो यौन दुर्व्यवहार र किशोरीको बेचबिखन मुद्दामा दोषी ठहर्‍याइएका छन्।

मस्कले ट्रम्पको नाम एपस्टाइनका फाइलहरूमा रहेको दाबी गरेका छन्। यही कारण ती फाइल सार्वजनिक नगरिएको जिकिर उनले गरेका छन्।

उता ट्रम्पले मस्कका कम्पनीसँग गरिएका सरकारी सम्झौता र दिने गरिएका अनुदान अन्त्य गर्ने चेतावनी दिएका छन्। साथै उनले मस्कलाई पागल भइसकेको समेत बताएका छन्।

मस्कको पोस्ट, जसमा उनले जेडी भान्सलाई राष्ट्रपति बनाउन माग गरेका छन्स्

डज छाडेको घोषणापछि मस्कले ट्रम्पको घरेलु नीति र कर विधेयकको आलोचना गरे। जसलाई ट्रम्पले ुबिग ब्युटिफुल बिलु भनेर प्रचार गरिरहेका थिए। मस्कले यो विधेयकलाई धेरै नराम्रोु भने।

मस्क यत्तिमै रोकिएनन्। मस्कले ट्रम्प र उनका सहयोगीका पुराना टिप्पणी पनि सामाजिक सञ्जालमा सेयर गर्न थाले, जसमा उनीहरूले अमेरिकी सरकारको बढ्दो खर्च र घाटामा चिन्ता व्यक्त गरेका छन्। जसले दुईबीच विवाद अझ बढायो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group