ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्कसँगको विवादपछि टेस्ला कार बेच्दै ट्रम्प


abc news
२४ जेष्ठ २०८२, शनिबार   १ : ४०   बजे

काठमाठौ २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कसँगको विवादपछि आफ्नो टेस्ला कार बेच्ने मनसाय बनाउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि अर्बपति मस्कको कम्पनी टेस्लाबाट कार किनेको बताउनुभएको थियो । ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार मिडियाको अगाडि देखाउँदै ट्रम्पले त्यो आफूले किनेको बताउनुभएको थियो । तर अहिले ट्रम्पले टेस्ला कार बेच्ने मनसाय बनाउनुभएको सीबीएसको रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले खर्चसम्बन्धी विधेयकलाई लिएर एलन मस्कले गरिरहेको विरोधप्रति हिजो असन्तुष्टि जनाउनुभएको छ । यो विधेयकले आफ्नो कम्पनी टेस्लामाथि क्षति पुर्याउन सक्ने भन्दै मस्कले विरोध गरिरहेका ट्रम्पको भनाइ छ । खर्चसम्बन्धी विधेयकले विद्युतीय गाडीमा कर छुट हटाउने खबरमा उल्लेख छ ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच चर्को वाकयुद्ध चलिरहेको छ ।

यहीबीचमा ट्रम्पले सङ्घीय सरकारसँग ठूलो मात्रामा हुने मस्कको कारोबारको सम्झौतालाई लिएर धम्की दिनुभएको छ । यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाअभियोग लगाउन माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौं महानगरले ९२ निजी विद्यालयको स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढायो

राहत शिक्षकले सेवा सुविधा नबढाए आन्दोलन गर्ने चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu