ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले लगाएको यात्रा प्रतिबन्धको इरानद्वारा निन्दा


abc news
२५ जेष्ठ २०८२, आइतबार   ९ : २०   बजे

काठमाडौ २५ जेठ । इरानले अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी देशहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको निन्दा गरेको छ । इरानले अमेरिकी प्रतिबन्धको कडा आलोचना गर्दै आज त्यो निर्णयलाई जातीय पूर्वाग्रही मानसिकताको प्रतिविम्ब भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको बुधवार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी पहिलेको कार्यकालमा लागू गरिएको जस्तै व्यापक प्रतिबन्धहरू पुनः लागू गर्ने घोषणा गर्नुभएको थियो । यो निर्णय कोलोराडोमा आयोजित एक इजरायल समर्थक भेलामा भएको आगजनी आक्रमणपछि राष्ट्रिय सुरक्षाको आधारमा गरिएको हो ।

इरानी विदेश मन्त्रालयअन्तर्गत विदेशमा रहेको इरानी नागरिक मामिलाका महानिर्देशक अलिरेजा हाशेमी–रजा का अनुसार आउँदो सोमवारदेखि लागू हुने यो प्रतिबन्ध ‘अमेरिकी नीतिनिर्माताहरूमा जातीय श्रेष्ठताको सोच हाबी भएको स्पष्ट सङ्केत’ हो । उहाँले अमेरिकी निर्णयले इरानी तथा मुस्लिम समुदायप्रति अमेरिकी नीतिनिर्माताहरूको गहिरो वैरभाव दर्शाउने बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकाले यात्रा प्रतिबन्ध लगाएका देशहरूमा इरानसहित अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, लिबिया, सोमालिया, सुडान र यमन छन् । यस्तै अमेरिकाले थप सात वटा देशका नागरिकहरूलाई पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu