ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आप्रवासीलाई कारबाही गर्न ट्रम्पले क्यालिफोर्नियामा गरे नेसनल गार्ड परिचालन


abc news
२५ जेष्ठ २०८२, आइतबार   ५ : ०९   बजे

काठमाडौ २५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथि कारबाही रोक्न क्यालिफोर्नियामा भइरहेको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गरेका छन्।

संघीय र राज्य सरकार दुवैले परिचालन गर्न सक्ने नेसनल गार्ड रिजर्भ सेना जस्तै हो। उनीहरूले हरेक महिनाको एक सप्ताहन्त र वर्षमा दुई साता गरेर वर्षमा घटीमा ३९ दिन तालिम गर्छन्। अरू देशसँग युद्धका बेलामा वा देश भित्रै आपतकालिन अवस्थामा तिनलाई परिचालन गरिन्छ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसोमसँग सल्लाह नगरिकनै ट्रम्पले सो राज्यमा नेसनल गार्ड परिचालन गर्ने निर्णय शनिबार लिएका हुन्। आप्रवासी पक्रन ट्रम्प सरकारले कार्यस्थलहरूमा छापा मारे पछि डेमोक्र्याटिक पार्टीको सरकार रहेको क्यालिफोर्नियामा शुक्रबार र शनिबार सो कदमको विरोधमा जनप्रदर्शन भएको थियो।

जनताले सडकमा उत्रेर ट्रम्प सरकारको आप्रवासी विरोधी नीतिको पालनामा अवरोध गरेपछि उनले नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका हुन्।

डेमोक्र्याटिक पार्टीबाट निर्वाचित न्यूसोमले ट्रम्पको कदमको तुरून्तै निन्दा गरे।

‘यो कदम जानाजानी भड्काउनका लागि चालिएको हो र यसले तनावलाई थप बढाउनेछ,’ उनले भने।

अमेरिकामा विद्रोह वा गृह युद्ध भएमा १८ औं शताब्दीको विद्रोह ऐन भनिने युद्धकालीन कानून प्रयोग गरेर राष्ट्रपतिले देशभित्र सेना वा नेसनल गार्ड परिचालन गर्न सक्छन्। तर क्यालिफोर्नियामा नेसनल गार्ड परिचालन गर्न ट्रम्पले सो कानून प्रयोग गरेनन्।

त्यसको साटो निश्चित परिस्थितिहरूमा राष्ट्रपतिलाई नेशनल गार्ड परिचालन गर्न अधिकार दिने अर्को कानून प्रयोग गरेको भनेर अमेरिकी मिडियाले लेखेका छन्।

ल्अज
िल्अभिि
त्यो कानूनले पनि तीन परिस्थितिहरूमा मात्रै नेसनल गार्डलाई परिचालन गर्न संघीय सरकारलाई अधिकार दिन्छ।

पहिलो, जब कुनै देशले अमेरिकामाथि आक्रमण गर्छ वा आक्रमणको खतरा हुन्छ। दोस्रो, जब संघीय सरकारको अधिकारविरूद्ध विद्रोह हुन्छ वा विद्रोहको खतरा हुन्छ। तेस्रो, जब राष्ट्रपति नियमित सुरक्षा निकायको प्रयोग गरेर संघीय कानूनको कार्यान्वयन गर्न असमर्थ हुन्छन्।

तर सो कानूनले त्यसरी नेसनल गार्ड परिचालन गर्न राज्यको गभर्नर मार्फत आदेश जारी हुनु पर्ने उल्लेख गरेको छ। ट्रम्पले भने क्यालिफोर्नियाका गभर्नर न्यूसोमलाई जानकारी नै नदिई नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका हुन्।

ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर मे २०२० मा एक श्वेत प्रहरी अधिकारीले अश्वेत जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिचेर मिनियापोलिसमा हत्या गरे पछि देशै भरि विरोध प्रदर्शन हुँदा पनि ट्रम्पले सेना नै परिचालन गर्ने कुरा गरेका थिए। तर उनले सेना वा नेसनल गार्ड कुनै पनि परिचालन गरेका थिएनन्। दोस्रो कार्यकालमा भने आप्रवासी नीति कार्यान्वयन् गर्नका लागि क्यालिफोर्नियामा नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu