ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आप्रवासी प्रदर्शन रोक्न ट्रम्पले चालेको कदमलाई कमला ह्यारिसले भनिन्: ‘खतरनाक’


abc news
२६ जेष्ठ २०८२, सोमबार   १० : ४५   बजे

काठमाठौ २६ जेठ । अमेरिकाका पूर्वउपराष्ट्रपति कमला ह्यारिसले लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न ट्रम्प प्रशासनले गरेको सुरक्षा कारबाहीको आलोचना गरेकी छिन्।

उनले सुरक्षाकर्मी परिचालन सार्वजनिक सुरक्षाका लागि नभई त्रास फैलाउने फैलाउने प्रयास भएको टिप्पणी गरेकी हुन्।

कमला ह्यारिसले भनेकी छन्, ‘नेसनल गार्ड तैनाथी एक खतरनाक कदम हो, जसको उद्देश्य अराजकता भड्काउनु हो। यो ट्रम्प प्रशासनको क्रूर र सोचविचारपूर्ण रणनीतिको अंश हो, जसको उद्देश्य आतंक र विभाजन फैलाउनु हो।’

क्यालिफोर्नियाका पूर्वमहान्यायाधिवक्तासमेत रहेकी ह्यारिसले एक्समा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘विरोध प्रदर्शन एक शक्तिशाली माध्यम हो, जुन न्यायको लडाइँमा अत्यन्त महत्त्वपूर्ण छ।’

‘म लाखौँ अमेरिकीहरूको साथमा उभिन्छु, जसले हाम्रो आवश्यक अधिकार र स्वतन्त्रताको रक्षा गर्न आवाज उठाइरहेका छन्।’

अमेरिकामा बीबीसीको साझेदार सीबीएस न्युजका अनुसार, राष्ट्रपति चुनाव हारेपछि कमला ह्यारिस २०२६ मा आफ्नो गृहराज्य क्यालिफोर्नियामा गभर्नर पदका लागि चुनाव लड्ने सोचमा छिन्।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका थिए।

लस एन्जलसमा जारी प्रदर्शन अवैध आप्रवासी धरकपडको विरोधमा हो।

आप्रवासी प्रदर्शनका कारण लस एन्जलस शुक्रबारदेखि अशान्त छ। प्रदर्शनकारीले आगजनीसमेत गरेका छन्।

यस क्रममा हालसम्म २९ जनालाई पक्राउ गरिएको अमेरकी अधिकारीले बताएका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीविरुद्ध कडाइ गरिएको छ।

अवैध आप्रवासीलाई धमाधम अमेरिकाबाट निकालेर उनीहरूकै देशमा फर्काउने क्रम चलिरहेको छ।

यसै क्रममा गएराति मात्र ३७ नेपालीलाई अमेरिकाले नेपाल फर्काइदिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group