ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छत्तीसगढमा माओवादीको विस्फोटमा परी एएसपीको मृत्यु, केही प्रहरी घाइते


abc news
२६ जेष्ठ २०८२, सोमबार   १ : ११   बजे

काठमाठौ २६ जेठ । भारतीय प्रान्त छत्तीसगढको सुकमा जिल्लामा सोमबार बिहान माओवादीहरूले गराएको प्रेसर आईईडी विस्फोटमा कोन्टा डिभिजनका अतिरिक्त प्रहरी अधीक्षक ९एएसपी० आकाश राव गिरिपुंजेको मृत्यु भएको छ।

घटनामा सुकमाको कोन्टा प्रहरी चौकीका इन्चार्ज सोनल ग्वाला र एसडीओपीसहित केही प्रहरी कर्मचारी घाइते पनि भएका छन्।

छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘कोन्टा(एराबोरा सडकको डोन्ड्रा नजिकै आईईडी विस्फोटमा घाइते भएपछि सुकमाका एएसपी आकाश राव गिरिपुंजे सहिद भएका छन्। उनी एक बहादुर सिपाही थिए र उनलाई धेरैवटा बहादुरी पुरस्कार प्रदान गरिएको थियो। यो हाम्रा लागि दुस्खद क्षण हो। खोज र उद्धार सुरु गरिएको छ।’

भारतीय सञ्चारमाध्यका अनुसार सोमबार बिहान अतिरिक्त प्रहरी अधीक्षक आकाश राव आफ्नो टोलीसँग कोन्टा(एराबोरा सडकमा रहेको डोन्ड्रानजिकै क्षेत्र नियन्त्रणको लागि पैदल गस्तीमा गएको बेला विस्फोटमा परेका हुन्।

यो अपरेसन यही जुन १० मंगलबारका लागि भारतीय माओवादीले आह्वान गरेको भारत बन्दविरुद्ध गरिँदै थियो। यस क्रममा अचानक प्रेसर आईईडी विस्फोट भई एएसपी आकाश गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै उद्धार गरी कोन्टा अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका हुन्।

घटनापछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। सुरक्षा बलको तैनाथी बढाइएको छ र खोजी अभियान तीव्र पारिएको छ।

सुरक्षा बलले डिसेम्बर २०२३ देखि छत्तीसगढको बस्तरमा माओवादीहरूविरुद्धको अभियानलाई तीव्र बनाएको थियो।

गृहमन्त्री अमित शाहले २०२६ मार्च ३१ सम्ममा माओवादीहरूलाई समाप्त पार्ने दाबी गरेका छन्।

यस क्रममा सुरक्षा बलले पछिल्लो १५ महिनामा बस्तरमा ४०० भन्दा बढी माओवादीलाई मारेको दाबी गरेको छ।

सुरक्षा बलका अनुसार, पछिल्लो १ महिनामा शीर्ष माओवादी नेता नम्बल्ला केशव राव उर्फ ​​बसवराजुसहित दुई दर्जनभन्दा बढी माओवादी मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group