ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा मात्र २ करोड राजश्व संकलन, लक्ष्य लिएकोभन्दा आधा कम


admin
१८ चैत्र २०७४, आइतबार   ३ : ०२   बजे

बाँके १८, चैत्र । बाँकेको कोहलपुर नगरपालिका यस आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुने देखिएको छ । नयाँ संविधान अनुसार कोहलपुर नगरपालिकाका स्थानीय सरकार समेत हो ।

आर्थिक बर्ष २०७४÷७५ को ८ महिनामा नगरपालिकाले उठाएको राजश्व हेर्ने हो भने लक्ष्य अनुसार असार मसान्तसम्म राजश्व संकलन गर्न असफल हुने देखिन्छ । लक्ष्य अनुसार नगरपालिकाले राजश्व संकलन गर्न नसके स्थानीय सरकारको रुपमा हेरिएको स्थानीय तहलाई पहिलो गासमा नै ढुङ्गा लाग्ने देखिन्छ ।

कोहलपुर नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा अनुमानित ४ करोड ४८ लाख ७० हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस आर्थिक बर्षको ८ महिनामा नगरपालिकाले १ करोड ७० लाख ३४ हजार ६ सय ४६ रुपैया मात्र राजश्व संकलन गर्न सकेको छ । अनुमानित बजेट अनुसार नगरपालिकाले फागुन मसान्तसम्म ३ करोड ३६ लाख ५२ हजार ५ सय रुपैया राजश्व संकलन गरिसक्नुपर्ने थियो ।

फागनु मसान्तसम्म १ करोड ६६ लाख १७ हजार ८ सय ५४ रुपैया लक्ष्य अनुसार राजश्व कम संकलन भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लक्ष्य अनुसार राजश्व उठ्न नसकेको बताए । यस आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिए पनी आर्थिक बर्ष २०७५÷०७६ मा लक्ष्य अनुसार राजश्व सकंलन हुने उनको भनाई रहेको थियो ।

नगरपालिकाको तथ्याक अनुसार विभिन्न शिर्षकमा उठ्नुपर्ने राजश्व संकलन समेत कम हुदै आएको पाउन सकिन्छ । लक्ष्य अनुसार राजश्व संकलन नहुदा नगरपालिकाले आन्तरिक श्रोतबाट विभिन्न शिर्षकमा छुट्याएको ठाउँमा रकम खर्च गर्न समस्या पर्ने देखिन्छ ।

स्थानीय तहमा जनप्रतिनिधी आएपछि राजश्वमा वृद्वि हुने लक्ष्य राखिएको थियो । लक्ष्य अनुसारको कर संकलन गर्न नसक्नुको मुख्य कारण नगरपालिकाको आफ्नो कार्य योजना नरहनु र स्थानिय व्यवासायीहरुलाई करको दायरामा ल्याउन नसक्नु रहेको बताइन्छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटाले नगरपालिकाले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्नुको मुख्य कारण एकिकृत सम्पति कर लागु गर्न नसक्नु रहेको बताए । आफुहरु बाँकि समयमा नगरपालिका भित्रमा सबै व्यवसायिकलाई करको दायरमा ल्याएर लक्ष्य अनुसारको राजश्व संकलन गर्न लागिपर्ने उनको भनाई रहेको छ ।

आर्थिक बर्ष २०७३÷०७४ मा समेत कोहलपुर नगरपालिकाले आफ्नो लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको थियो । गत आर्थिक बर्षमा नगरपालिकाले ३ करोड ५० लाख रुपैयाको लक्ष्य लिएकोमा २ करोड ६३ लाख ३५ हजार ९ सय ५१ रुपैया मात्र संकलन गर्न सफल भएको थियो । जुन कुल राजश्वको ७५ प्रतिशत हो ।

सधैभरी कोहलपुर नगरपालिकाले लक्ष्य भन्दा कम राजश्व संकलन गर्नुभन्दा पनी लक्ष्य भन्दा बढी राजश्व उठाउन नगरपालिकाले आफ्ना सबै संयन्त्रहरु परिचालन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu