ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक आम्दानी एक अर्ब पु-याउने भरतपुर महानगरको लक्ष्य


admin
१९ चैत्र २०७४, सोमबार   ३ : ०३   बजे

चितवन, १९ चैत । भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु-याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ ।

कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर र दायरा बढाएको बताएको हो ।

महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थासमेतलाई आधार मानी व्यवसायको लगानी, पूँजी, व्यवसायको कारोवारका आधारमा केही करका दरलाई मात्रै समयसापेक्ष बनाइएको बताउनुभयो । उहाँले महानगर हुनका लागि आन्तरिक आम्दानी रु एक अर्ब हुनुपर्ने भएकाले आउँदो आवभित्रमा आम्दानी रु एक अर्ब पु-याइने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

चालू आवमा व्यवसाय करबाट रु १० करोड, आन्तरिक राजश्वबाट रु सात करोड र आन्तरिक आयबाट रु ५३ करोड गरी रु ७० करोड राजश्व उठाउने लक्ष्य महानगरको छ । गत वर्ष रु २३ करोड ९८ लाखमात्र आन्तरिक आम्दानी भएको थियो । गत वर्ष ११५ क्षेत्रमा कर लगाइएकामा यस वर्ष दायरा फराकिलो पारेर २०८ क्षेत्रमा कर लगाइएको छ । महानगरको चालू आवको बजेट रु तीन अर्ब २५ करोड छ ।

लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा कर्मचारीले जोखिम नलिने भएकाले करको दर र दायरा नबढाएको जानकारी दिंदै प्रमुख दाहालले जनमत प्राप्त जनप्रतिनिधिले महानगरको समग्र विकास आन्तरिक आम्दानीबिना गर्न नसक्ने हुँदा व्यवसाय कर र यसका दायरा तथा शुल्कमा केही हेरफेर मात्र गरिएको बताउनुभयो ।

महानगरका उपप्रमुख पार्वती शाहले निकै मेहनतका साथ करको दायरा बढाएर केही वृद्धि गरिएको बताउनुभयो । उहाँले महानगरले गठन गरेको राजश्व परामर्श समितिले छलफल गरी केही विषयमा थपघट प्रस्ताव गर्न सक्ने उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले करको वर्गीकरणमा देखिएका समस्या समाधान गर्दै जाने बताउनुभयो । करको दर बढेकामा विरोध जनाउँदै आएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले करमा वर्गीकरणको आधार प्रष्ट नभएको, त्रुटि रहेको र वैज्ञानिक नभएको भन्दै सच्याउन आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य संघका निवर्तमान जिल्लाअध्यक्ष राजन गौतम संघका उपाध्यक्ष राजु पौडेलले पहिले कर तिरेर समृद्ध महानगर बनाउनु पर्नेमा जोड दिँदै करको दायरा फराकिलो बनाउनु पर्छ भन्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group