काठमाडौं, १६ साउन । भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकार समक्ष बिभिन्न पाँचबुँदे माग अघि सारेको छ ।
समितिले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर, स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुक जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतका माग अघि सारेको हो ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सांसद अनमनलाल मोदीले शरणार्थीहरुको समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारंग आग्रह गर्ने बताउनुभयो ।
प्रवक्ता सुक बहादुर राईले २००७ देखि सुरु गरिएको तेस्रो देश पुनर्वास कार्यक्रमले १ लाख बढी शरणार्थीहरु बिभिन्न देशमा स्थानान्तरण भइसकेको र बाँकी रहेकालाई तत्काल व्यवस्थापन गर्न माग गर्नुभयो ।
शिविरका सल्लाहकार राजमान गुरुङले विगत २५ बर्षदेखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या दीर्घकालिन रुपमा समाधान गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्