ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट अवैधरुपमा ल्याइएको आठ टन कुखुराको मासु नियन्त्रणमा


admin
१९ चैत्र २०७४, सोमबार   ७ : ४४   बजे

चितवन, १९ चैत। भारतबाट अवैधरुपमा ल्याइँदै गरेको आठ टन कुखुराको मासु नियन्त्रणमा लिइएको छ ।

युपी ७० बिटी १७७६ नंको ट्रकमा भन्सार र क्वारेन्टाइन छली ल्याइएको कुखुराको मासु भरतपुर महानगरपालिका वडा नं १ बाट गएराति नियन्त्रणमा लिइएको हो ।

गगन सप्लायर्सको नाममा नक्कली क्वारेन्टाइन बनाइ भैरहवा क्वारेन्टाइनबाट काठमाडौँ लाँदै गरेको कुखुराको मासु चितवनका कुखुरापालक किसानले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिगको सहयोगमा व्यवसायीले मासु नियन्त्रणमा लिएको जनाएको छ । कुखुराको मासुसँगै माछा, केराउलगायतका खाद्यान्न पनि रहेको प्रहरीले जनाएको छ ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोख्रेलले पशु क्वारेन्टाइनबाट परीक्षण हुनुपर्नेमा प्लान्ट क्वारेन्टाइन कार्यालयबाट परीक्षण गरी मिलेमतोमा अवैधरुपमा मासु भित्र्याइएको बताउनु्भयो ।

प्लान्ट क्वारेन्टाइन बेलहियाको चलानी नं १५८८६ को पत्रअनुसार क्वारेन्टाइनले जाँचपास गराएको पाइएको छ ।

भारतमा पछिल्लो समयमा कुखुरामा वर्डफ्लु देखिएको छ । वड्फ्लु देखिएसँगै भारतमा उत्पादित कुखुराजन्य पदार्थ नेपाल भित्र्याउन नपाउने व्यवस्था छ ।

नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष हरि लोहनीले आइतबार साँझ अवैधरुपमा मासु ल्याएको खबर पाएपछि व्यवसायीले निगरानी गरेर नियन्त्रणमा लिन सफल भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले यस विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

अवैधरुपमा नेपाल भित्रिएको भेटिए नियन्त्रणमा लिइएको मासु नष्ट गर्ने र कानूनअनुसार पशु सेवा कार्यालयले कारबाही गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu