ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा घरदैलो व्यवसाय दर्ता अभियान शुरु


admin
२० चैत्र २०७४, मंगलबार   २ : ५६   बजे

भक्तपुर, २० चैत। सूर्यविनायक नगरपालिकाले घरदैलो व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको चार वटा टोली बनाएर व्यवसाय दर्ता अभियान शुरु गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई दर्ता गर्ने र करको दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको जानकारी दिंदै उहाँले भन्नुभयो, “पसल, उद्योग तथा व्यवसाय दर्ता नगरी सञ्चालन भएका छन्, कतिपय दर्ता भएकाले पनि नियमित नवीकरण गरेका छैनन्, व्यवसायलाई दर्ता गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने तथा करको दायरामा ल्याउने हाम्रो अभियान हो ।”

सूर्यविनायक चोकका व्यवसायीको व्यवसाय दर्ता गरेर प्रमाण वितरण गर्दै नगर प्रमुख थापाले उद्घाटन गर्नुभएको अभियान नगरपालिकाको १० वटै वडामा सञ्चालन भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपेश खड्काले जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिकालाई हरेक क्षेत्रबाट उत्कृष्ट बनाउने लक्ष्यका अभियान शुरु गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रशासन शाखाका पुष्कर बरालले नगरपालिकाले एकैदिन १०० वटा व्यवसाय दर्ता गरेको जानकारी दिँदै यो अभियान नगरपालिका क्षेत्रभित्रका सबै व्यवसाय दर्ता गरेपछि मात्रै सम्पन्न हुने बताउनुभयो । व्यवसायीको सहजताका लागि टोलीले घरदैलोमै पुगेर व्यवसायको सबै प्रक्रिया पु¥याएर त्यही दर्ता गरी प्रमाणपत्र दिने गरिएको छ ।

आगामी असार मसान्तसम्म नगरको आन्तरिक आम्दानी रु आठ करोड पु¥याउने लक्ष्यका साथ अभियान सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group