ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाको भविष्यबारे अमेरिकासँग दीर्घकालीन योजना नभएको सहयोगी राष्ट्रहरूको बुझाइ


abc news
१५ श्रावण २०८२, बिहिबार   १ : ०६   बजे

काठमाडौ १५ साउन । गाजाको भविष्यको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग स्पष्ट दीर्घकालीन योजना नभएको भन्दै अमेरिका निकटका सहयोगी राष्ट्रहरू कूटनीतिक रूपमा टाढिँदै छन् ।

क्यानडा, फ्रान्स र बेलायतले शर्तसहित प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेपछि अमेरिकी प्रशासनले यो विषय बहिष्कार गरेको बीबीसीले जनाएको छ ।

फ्रान्स र साउदी अरेबियाको नेतृत्वमा अमेरकाको न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी युरोपेली र अरब देशहरूले दुई–राष्ट्र समाधानको पक्षमा नयाँ पहल गरेका छन् । तर ट्रम्प प्रशासनले यसलाई प्रचारको नाटक भएको बताउनुभयो ।

पूर्वअमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले सन् २०२३ नोभेम्बरमा जापानको टोकियोमा गाजा युद्धपछिको भविष्यका लागि केही सिद्धान्तहरू प्रस्ताव गर्नुभएको थियो । जबरजस्ती स्थानान्तरण नगर्ने, इजरायली पुनः अधिनायक नबनाउने, गाजामाथि नाकाबन्दी नलगाउने, प्यालेस्टिनी प्राधिकरणको संलग्नता रहने र हमासको भूमिका नहुनेजस्ता बुँदाहरू छन् ।

ट्रम्प प्रशासनको पछिल्लो नीति इजरायल सरकारसँग झन् मिल्दोजुल्दो देखिन थालेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको भविष्यमा प्यालेस्टिनी अधिकार अस्वीकार गर्नुभएको छ ।

इजरायलका चरम दक्षिणपन्थी नेताहरूले स्थायी सैन्य अधिनायक, प्यालेस्टिनीहरूको निष्कासन र यहूदी बस्ती विस्तारको मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu