ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा प्रधानमन्त्रीका लागि छ जनाको उम्मेदवारी


admin
१७ श्रावण २०७४, मंगलबार   १० : २६   बजे

इस्लामाबाद, १६ साउन । पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार हुने निर्वाचनका लागि सोमबार छ जनाले उम्मेदवारी दिएका छन् ।
निवर्तमान प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गर्दै पद त्याग्न दवाव दिएपछि उहाँले राजीनामा दिएकाले पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो ।
सरिफको पार्टी पाकिस्तान मुस्लीम लिगको तर्फबाट सहिद खाक्वान अब्बासीले प्रधानमन्त्रीका लागि संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ । राष्ट्रिय संसद र तल्लो सदनका सदस्यहरुले मतदान गरेर प्रधानमन्त्री चयन गर्ने कानुनी व्यवस्था रहेको छ ।


प्रधानमन्त्रीको प्रतिश्पर्धाका लागि अन्य पाँच पार्टीका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेको निर्वाचन गराउने जिम्मेवारी पाएका संसद सचिवालयलका अधिकारीहरूले जानकारी दिएका छन् ।
यसरी उम्मेदवारी दिनेमा प्रतिपक्षी दलको संसदीय दलका नेता सइद खुर्सीद शाह पनि हुनुहुन्छ । उहाँ प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपल्स पार्टीका नेता हुनुहुन्छ ।
अर्को प्रमुख प्रतिपक्षी दल पाकिस्तान तेह्रिक इ इन्साफको तर्फबाट सेख रसिद अहमदले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिनु भएको छ ।
इस्लामिक पार्टी जमात इ इस्लामीले सहिब्जाडा तरिक्कुल्लाह र मुताहिदा क्वामी मुभमेन्टले किसवार जाहरालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् ।
पाकिस्तानमा अहिले अन्तरिमकालका लागि पाकिस्तान मुस्लीम लिग (नवाज)का सांसद तथा पूर्व तेल मन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ ।
मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहनुभएका भाई सरिफ प्रधानमन्त्री निर्वाचित हुनुहुने निश्चितजस्तै छ ।
त्यसपछि मङ्गलबार दिउसो ३ः०० बजे प्रधानमन्त्रीको निर्वाचन हुने पनि सचिवालयले जनाएको छ ।
अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो । यो फैसलासँगै उहाँको तेस्रो कार्यकाल सकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

नेतृत्व प्रणाली नै परिवर्तन गर्नुपर्छ ः नेकपा नेता, सापकोटा भिडियो ।

सम्बन्धित

इसराइली गुप्तचरको दाबी– इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको छ

दक्षिणी इरानमा लगातार विस्फोट, अमेरिका–इरान तनाव थप चर्कियो

ट्रम्पको घोषणा : ‘इरानसँगको युद्धविराम सकियो’, दुई रातमा १७० सैन्य लक्ष्यमा अमेरिकी आक्रमण

ड्रोन आक्रमण रोक्न रुसको नयाँ रणनीति; जामिङ प्रणाली नष्ट गरेपछि पुनः प्रभावकारी बने युक्रेनी ड्रोन

अमेरिकाद्वारा इरानमाथि अहिलेसम्मकै भीषण हवाई आक्रमण: बहराइन र कुवेतमा साइरन, ट्रम्पले दिए २० गुणा बढी क्षति पुर्‍याउने धम्की

नाटो समिटमा ट्रम्पको आक्रोश: इरानसँगको युद्धविराम भङ्ग, स्पेनसँग व्यापार रोक्ने घोषणा र कम्युनिष्टमाथि कडा प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu