ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजालाई पूर्ण नियन्त्रणमा लिने विषय इजरायलमा निर्भर – अमेरिकी राष्ट्रपति ट्रम्प


abc news
२१ श्रावण २०८२, बुधबार   १ : ४३   बजे

काठमाडौ २१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई पूर्णरूपमा कब्जा गर्ने सम्भावित इजरायली योजनामा आफू हस्तक्षेप नगर्ने सङ्केत दिनुभएको छ ।

हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले यस्तो बताउनुभएको अल जजिराले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पूरै प्यालेस्टिनी भू–भाग कब्जा गर्ने निर्णय गरेको भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले अहिले गाजामा नागरिकलाई खाना खुवाउने कुरामा केन्द्रित रहेको र अरू विषय इजरायलकै हातमा रहेको प्रतिक्रिया दिनुभयो ।

अमेरिकाले इजरायललाई वार्षिक रूपमा अर्बौं डलर सैन्य सहायता दिँदै आएको छ जुन सहयोग २०२३ को अक्टोबरमा गाजामा युद्ध शुरू भएदेखि झनै बढेको छ ।

इजरायलले गाजाको ८६ प्रतिशत भू–भागलाई सैन्य क्षेत्र घोषणा गर्दै लाखौं प्यालेस्टिनीहरूलाई बम वर्षा र भोकमरीका बीच सानो क्षेत्रमा सीमित गरेको छ ।

बाँकी क्षेत्रमा सैन्य कारबाही बढाइएमा अझ धेरै निर्दोष नागरिकको ज्यान जोखिममा पर्ने देखिन्छ । संयुक्त राष्ट्रसङ्घले गाजाको पूर्ण कब्जा भयावह परिणाम निम्त्याउने खतराका रूपमा रहेको बताएको छ ।

प्रधानमन्त्री नेतान्याहूले गाजाबाट सबै प्यालेस्टिनीहरूलाई हटाउने सङ्केत दिनुभएको खबरमा उल्लेख छ जसलाई जातीय सफायाको प्रयास भएको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu