ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्डिकेटधारी व्यवसायी विरुद्ध सरकारको अर्को कडा कदम, धुलिखेलसम्मको रुट इजाजत खुला


admin
२१ चैत्र २०७४, बुधबार   १२ : ५५   बजे

काठमाडौं, २१ चैत । काठमाडौंस्थित कोटेश्वरपूर्वका १० वटा समितिले अरनिको राजमार्गमा बस संचालन नगरेपछि सरकारले अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।

यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो । यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिनुभयो ।

विभागले यातायात सेवालाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन पनि सबै यातायात व्यवसायीहरुलाई सचेत गराएको छ ।

अत्यावश्यक सार्वजनिक यातायात सेवा संचालन नगरेपछि विभागले काठमाडौं उपत्यकामा चलिरहेका अन्य यातायात व्यवसायी समितिहरुलाई धुलिखेलसम्मको रुट इजाजत दिने निर्णय गरेको हो ।

मयूर यातायातलाई काठमाडौं– बनेपा रुटमा बस चलाउने अनुमति दिएपछि यस रुट भएर चल्ने यातायात समितिहरुले ग्रामिण र सहरी दुवै क्षेत्रमा बस नचलाउने चेतावनी दिएका हुन । यातायात व्यवसायीहरुले यातायात सेवा संचालनमा नल्याउँदा यस क्षेत्रका सेवाग्राही मारमा परेका छन ।

विभागले रुट इजाजत लिने तर सेवा नदिने त्यस्ता यातायात व्यवसायीहरुको रुट इजाजत खारेज गर्ने चेतावनी समेत दिएको छ । कानुन बमोजिम यातायात सेवा निरन्तर संचालनमा नल्याए त्यस्ता यातायाताको रुट इजाजत खारेज हुने पनि विभागका निर्देशक अर्यालले चेतावनी दिनु भयो ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट इजाजत लिएका सवारी साधनहरु संचालनमा नआए इजाजत खारेज हुनेतर्फ यातायात व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ । विभागका निर्देशक अर्यालले कानुनको पालना गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu