ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने


abc tv
६ भदौ २०८२, शुक्रबार   ९ : ३७   बजे

काठमाडौं । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, सामाजिक सेवा प्रभागबाट आजदेखि नेपालमा बृहत रक्तदान अभियान सुरुवात भएको छ ।

दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतमा गरी एक लाख युनिट रक्त संकलन गर्ने उद्देश्यका साथ आजदेखि रक्तदान कार्यक्रम सुरु भएको हो । रक्तदान कार्यक्रम भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।

आज काठमाडौं उपत्यकामा मात्र ४९ स्थानमा रक्तदान सञ्चालन भएका छन् । ललितपुरमा १०, भक्तपुरमा १२ र काठमाडौंका २७ स्थानमा रक्तदान कार्यक्रम हुने ब्रम्हाकुमार विश्वनाथले जानकारी दिए ।

संघसंस्थासँगको सहकार्य गर्दै रक्तदान कार्यक्रम अघि गरिएको छ । नेपाल रेडक्रस सोसाइटीसँग मात्र नभई विभिन्न अस्पतालसँग समन्वय गरेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालको १३५ स्थानमा भदौ ६–९ गतेको अवधिमा सञ्चालन हुनेछ । नेपालमा १० देखि १५ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ ।

चार दिनमा नेपाल र भारतमा गरी एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य छ । रगत संकलन अभियानले गम्भीर अवस्थाका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउने विश्वास आयोजकको छ ।

यही अभियानअन्तर्गत ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको भवनमा बृहत रक्तदान कार्यक्रम शनिवार र आइतबार बिहान ८ देखि दिनको १२ बजेसम्म हुनेछ । रक्तदानमा सहभागी हुन आम जनसमुदायले ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ललितपुरले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group