ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता


एबीसी न्यूज
१२ कार्तिक २०८२, बुधबार   ३ : ३९   बजे

काठमाडौं ९ असोज ।

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेको छ।

भेटमा प्रतिनिधिमण्डलले देशको वर्तमान विषम परिस्थितिबारे छलफल गरेको एनआरएनएले जनाएको छ। सो अवसरमा प्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निर्वाचन सम्पन्न गर्न र सरकार सफल बनाउन एनआरएनएले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी एनआरएनए अभियन्ता आरके शर्माले बताए । 

शर्माले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई बधाई दियौँ र निर्वाचन सम्पन्न गर्न वा सरकार सफल पार्न हामीले यथासक्य सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ। यस क्रममा गैरआवासीय नेपाली नागरिकता, चर्लुका समस्या, सामाजिक सुरक्षा कोष, र कलेक्टिभ इन्भेस्टमेन्टमार्फत रेमिटेन्सलाई कन्जुमेबलबाट सेभिङमा ल्याउने उपायबारे छलफल गरेका छौँ। हामीले प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, उर्जा मन्त्रीज्यू र प्रमुख मुख्य सचिवज्यूसँग यी सबै विषय यथाशक्ति सम्बोधन गरिदिन अनुरोध गरेका छौँ।’

उनले थपे, ‘विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, पुलिस सेवा र अन्य व्यवस्थासम्बन्धी विषयमा पनि सुझाव प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका छौँ। एनआरएनएको सचिवालयसँग सम्बन्धित समस्याबारे पनि न्यायसंगत समाधान र कार्यसम्पादनका लागि आग्रह गरेका थियौँ, जसमा प्रधानमन्त्रीले सहयोग गर्ने आश्वासन दिनुभयो।’

प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता र सामूहिक लगानी सम्बन्धी सबै सुझाव प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो। साथै, व्यापारीलाई हुने जोखिम न्यूनीकरण गर्न नीति–नियम बनाउने विषयमा पनि अनुरोध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group