काठमाडौं, २२ चैत । भारतीय अभिनेता सलमान खानलाई कालो हरिण शिकार गरेको मुद्दामा ५ वर्षको जेल सजाय सुनाईएको छ । उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।
सलमानलाई तत्कालै हिरासतमा लिइएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनलाई ५ वर्षको जेल सजाय भएकोले जेलमै बस्नुपर्ने भएको छ ।
यदि उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्