ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा–५ मा बालेनको ‘साइलेंट’ उम्मेदवारी : मिडियासँग बोल्न इन्कार, एजेन्डा लुकाउँदै कार्यालयबाट भागे


एबीसी न्यूज
६ माघ २०८२, मंगलबार   १ : १७   बजे

झापा, ६ माघ २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । तर उनको यो उम्मेदवारीको सबैभन्दा ठूलो विशेषता भनेको ‘मिडियासँग बोल्न नचाहने’ र आफ्ना चुनावी एजेन्डा तथा क्षेत्र रोज्नुको कारणबारे कुनै प्रतिक्रिया नदिनु हो ।

मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बालेनले दर्ता नम्बर ४ मा मनोनयन दर्ता गराएका हुन् । बिहान ११:१० बजे कार्यालय पुगेका उनको प्रक्रिया कागजात अपूर्ण भएकाले डेढ घण्टा लम्बियो । भूमिनन्द बराल प्रस्तावक र भेषराज भट्टराई समर्थक रहेको उनको मनोनयन दिउँसो १२:४० मा मात्र टुंगियो ।

तर सबैभन्दा चर्चित कुरा उनको ‘साइलेंट’ बाहिरिने शैली थियो । मनोनयन सकेर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधे :

  • झापा–५ किन रोज्नुभयो ?
  • यहाँका मुख्य एजेन्डा के हुन् ?
  • ओलीसँगको प्रतिस्पर्धाबारे के भन्नुहुन्छ ?

यी सबै प्रश्नमा बालेनले एक शब्द पनि बोलेनन् । उल्टै सञ्चारकर्मीलाई “बाहिर जानुस्” भन्दै कार्यकक्षबाट निस्कन आग्रह गरे । फोटो र भिडियो खिच्न खोज्दा पनि उनले रोके । बाक्लो सञ्चारकर्मी र समर्थकको भीडका बीच उनी कुनै औपचारिक प्रतिक्रिया नदिई कार्यालयबाट निस्किए ।

आचारसंहिता उल्लङ्घनको आरोप पनि

राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले बालेनका समर्थकहरूको ठूलो उपस्थितिलाई आचारसंहिता उल्लङ्घन भएको आरोप लगाएका छन् । निर्वाचन आयोगले तडकभडक र ठूलो भीड नगरी उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको थियो । तर बालेनका समर्थकहरूले दमकमा शक्ति प्रदर्शन गरेको संग्रौलाको भनाइ छ ।

झापा–५ को चुनावी तापक्रम

यो क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र हो, जहाँ उनी पटक–पटक ठूलो मतान्तरले विजयी हुँदै आएका छन् । गत निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मत ल्याएका थिए । यसपटक रास्वपाले बालेनलाई उतारेर ओलीलाई ‘जेनजी’ पुस्ताबाट चुनौती दिएको छ । तर बालेनको यो ‘साइलेंट’ शैलीले मतदातामा प्रश्न उठाएको छ— उनी जनतासँग बोल्न चाहँदैनन् कि एजेन्डा लुकाउन खोज्दैछन् ?

बालेनको यो व्यवहारले झापा–५ को चुनावलाई थप रोचक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group